• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, photo Gallary, Political » पार्टी एकता हुन्छ भने नेतृत्व वैद्यलाई नै दिन्छु : प्रचण्ड
पार्टी एकता हुन्छ भने नेतृत्व वैद्यलाई नै दिन्छु : प्रचण्ड

जेठ १ काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताका लागि मोहन वैद्यलाई नेतृत्व दिन तयार रहेको घोषणा गरेका छन् ।

पार्टी एकताका लागि आफू बाधक नबन्ने भन्दै उनले पार्टी पुननिर्माणका लागि मोहन वैद्यलाई नेतृत्व जिम्मा लगाएर आफू सामान्य कार्यकर्ता बन्न तयार रहेको घोषणा गरेका हुन् ।

विद्यार्थी एकता दिवसको सन्दर्भमा अखिल क्रान्तिकारीद्धारा राजधानीमा बिहीबार आयोजित एउटै कम्युनिष्ट केन्द्र निर्माणः सम्भावना र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष दाहालले दुई माओवादी लगायत जनयुद्धकालपछि बनेको राजनीतिक दल नमिलेमा कम्युनिष्ट आन्दोलन नै धराशायी भएर जाने जिकिर समेत गरे ।
यसअघि मोहन वैद्य नेतृत्वको माओवादीले नेतृत्व र कार्यदिशा छाडेको खण्डमा एमाओवादीसग एकता हुने जनाउदै आएको थियो । यसमा आफू एकताको बाधक नबन्ने दाहालले दाबी गरेका छन् । ‘यदि नेपालमा कम्युनिष्टहरुको केन्द्र बन्छ र कम्युनिष्ट शक्ति मजबुत भएर आउ“छ भने म त्यसको लागि नेतृत्व त्याग्न पनि तयार छु’ प्रचण्डले भने, ‘देशको कम्युनिष्ट आन्दनेलन अघि बढ्छ भने म बाधक बन्दिन् । सामान्य कार्यकर्ता भएर पनि कम्युनिष्ट र माओवादी आन्दोलनलाई अगाडी बढाउन तयार छु ।’

अध्यक्ष प्रचण्डले नेतृत्व वैद्यलाई जिम्मा लगाउने कुरा गरिरहदा दाहाल र वैद्य दुवै भावुक जस्तै देखिएका थिए भने दुवै पक्षका कार्यकर्ताले ताली बजाएका थिए ।

दाहालपछि प्रमुख अतिथिको भूमिका मन्तव्य राखेको नेकपा माओवादीका अध्यक्ष वैद्यले पनि दाहालको प्रस्तावमा समर्थन गर्दै कार्यगत एकतामा जोड दिएका थिए । कार्यक्रममा अध्यक्ष वैद्यले विगतमा कतिपय विषयमा प्रचण्डले गल्ती स्वीकार गर्नु सकरात्मक रहेको भन्दै प्रचण्डले नेतृत्व हस्तान्तरण गर्ने कुरा हृदयदेखि नै महसुस गरेको भए त्यो सकरात्मक हुने समेत जनाए । माओवादी विरुद्ध मुद्धा समेत हाल्न थालेको भन्दै उनले तत्काल संविधानका अन्तरवस्तु, द्धन्द्धकालीन मुद्धामा भएका धरपकड लगायतका विषयमा कार्यगत एकता गरेर अघि बढ्नुपर्ने बताए ।

भावनामा आएर मात्रै पनि एकता हुन नसक्ने र यसका लागि वैचारिक राजनीतिक विषय मिल्नुपर्ने वैद्यको भनाई छ । उनले पार्टी एकताका लागि ६ वटा आधार पेश गर्दै कार्यनीति ठ्याम्मै मिलेपछि मात्रै एकता गर्ने भन्ने विशुद्धतावादी सोचाई राख्न नहुने समेत उल्लेख गरे ।

प्रकाशित मिति: May 15, 2014

यसमा तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार


मुख्यमन्त्री छान्न माओवादीलाई सकस

टेलिकमकाे मोबाइल फोन नेट नचलेर धुरु...

प्रदेश तीनका सांसदले बस्न भाडाको घर...

आचार्य र राईबिच सहमति बनेन, प्रदेश ...
नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
  • प्रदेश तीनको मुख्यमन्त्री बनाउन भन्दै सभामुखलाई पत्र, पहिलो मुख्यमन्त्री प्रदेश तीनले पाउने सम्भावना
  • प्रदेश ३ को उपसभामुखमा माओवादी सांंसद तामाङ निर्विरोध
  • फागुन ११ देखि रसुवागढीको आइपिओ
  • चन्दा उठाएर रु ११ लाखमा भवन निर्माण
  • पैसा कमाउन विदेश नै जानु पर्दैन
  • ठेउलेखोलाको परीक्षण उत्पादन सफल
चर्चित समाचारहरु
  • प्रदेश दुईको एक मात्रै महानगरपालिकामा कांग्रेस राजपाको चर्को टक्कर
  • विसं २०७५ का लागि १३ पात्रो स्वीकृत
  • Watch Nepali Model- Baby Thapa
  • Miss Nepal Payal Shakya 2004
  • दुई अर्ब ५१ करोड बढीको साधारण शेयर जारी हुँदै
गृह पृष्ठ |