जाजरकोटमा ७२ प्रतिशत महिलाहरु सुत्केरीको जोखिममा
दिप बहादुर घर्ति
जाजरकोट १ असार । जिल्लामा झण्डै ७२ प्रतिशत महिलाहरु सुत्केरीको जोखिमतामा रहेको पाईएको छ । सचेतना न्युनताका कारण महिलाहरु सुत्केरीको जोखिमतामा रहेका हुन । जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटको एक तथ्यांक अनुसार २०७० सालमा सुत्केरी भएका १ हजार ४ सय ९० महिला मध्ये १ हजार ७२ महिला असुरक्षित तरीकाले सुत्केरी भएको पाईएको हो । बाँकी ४ सय १७ जना महिलाहरुले मात्र स्वास्थ्यकर्मीको रेखदेखमा स्वास्थ्य संस्थामा सुरक्षित तरीकाले सुत्केरी भएका थिए ।
जिल्लाका धेरैजसो महिलाहरु घरमै असुरक्षित तरीकाले सुत्केरी हुने गरेका छन् । सरकारले सुरक्षित प्रसुति सेवा उपलब्ध गराउन लाखौ रकम खर्च गरे पनि जाजरकोटमा भने सेवा प्रभावकारी नभएको र जनचेतनाको अभावले अझै सयौ महिलाहरु जोखिमपुर्ण र असुरक्षित तरीकाले सुत्केरी हुने गरेका हुन् ।
जिल्लाभर ३५ ओटा स्वास्थ्य संस्था र १६ ओटा बर्थिङ्ग सेन्टरबाट प्रसुति सेवा उपलब्ध रहेको छ तर सुरक्षित मातृत्व र सुरषित शिशु सम्बन्धि जति जनचेतनामुलक कार्यक्रम सन्चालन गरे पनि महिलाहरु स्वास्थ्य संस्थामा सुत्केरी हुन आउनै मान्दैनन् स्टाफ नर्स भगवति बोहराले वताईन अफ्ठयारो भयो भने मात्र अन्तिम अबस्थामा स्वास्थ्य संस्थामा ल्याउने गरिन्छ । जसका कारण अकालमा आमा र शिशुको ज्यान समेत जाने गरेको छ । गत बर्ष मात्र सुत्केरी हुन नसकेर जिल्लामा ८ जना महिलाले अकालमा ज्यान गुमाउनु पर्यो स्टाफ नर्स बोहराले भनिन समयमा स्वास्थ्य संस्थामा नआउँदा कतिपय महिलाले ज्यानै समेत गुमाउनु पर्छ ।
असुरक्षित तरीकाले सुत्केरी हुँदा आमा र शिशुको ज्यानको खतरा त छदैछ लामो समय सम्म रक्तस्राव हुने तथा पाठेघर खस्ने लगायतका अनेक जोखिमताहरु देखा पर्छन । मातृमृत्युदर र शिशुमृत्युदर घटाउन समाजका हरेक ब्यक्तिले सोच्नु पर्ने बेला आएको स्टाफ नर्स बोहराको भनाई छ । तर स्थानिय बासिन्दा भने स्वास्थ्य संस्थाहरु टाढा रहेका , स्वास्थ्य संस्थामा नियमित रुपमा स्वास्थ्यकर्मी नहुनु , आवश्यक उपकरणको अभाव , दक्ष स्वास्थ्य कर्मीको अभाव रहेकोले प्रसुति सेवा प्रभावकारी र भरपर्दो नभएको आरोप लगाउने गरेका छन् । भौगोलिक विकटता र यातायातका साधनको अभावमा स्वास्थ्य संस्था सम्म जान ५ घण्टा सम्म पैदल हिड्नु पर्ने बाध्यता छ जसले गर्दा पनि सुत्केरी महिलाको स्वास्थ्य संस्था सम्म सहज पहुँच नहुदा महिलाहरुले समस्या झेल्नु परेको महिला अधिकार मञ्चकी अध्यक्ष शोभा सिह बताउछिन । सरोकारवाला निकायको सेवामा पहुँच बृद्धि र गुणस्तरीयता कायम गर्न नसक्दा पनि समस्या देखिएको अध्यक्ष सिहको भनाई छ । जटिल खालका शल्यक्रिया र रगत दिने ब्यवस्था जिल्ला अस्पतालमा समेत नहुँदा पनि थप समस्या परेको उनको भनाई छ ।
नियमित गर्भ जाँच गराउनेलाई ४ सय र स्वास्थ्य संस्थामा प्रसुति हुन आउने महिलालाई सरकारले प्रोत्साहन स्वरुप १ हजार रुपैया भत्ता समेत दिने गरेको भएपनि भौगोलिक विकटता , जनचेतनाको अभाव आदि कारणले सुत्केरी हुन आउनेको संख्यामा बृद्धि हुन नसकेको मातृशिशु कार्यक्रमकी सम्पर्क ब्यक्ति सरीता चन्दले बताउछिन । जिल्लाका गर्भवति महिला मध्य पहिलो पटक गर्भको जाँच गर्न ८० प्रतिशत आउने गरेकोमा ति मध्य ४ पटक सम्म गर्भ जाँच गराउने महिला ४२ प्रतिशत मात्र रहेको चन्दको भनाई छ । बच्चा ठिक तरीकाले बढेनबढेको थाह पाउन गर्भवति भएको ४ , ६ , ८ र ९ महिनामा गर्भ जाँच गराउनु पर्छ । तर अधिकांश महिलाले नियमित गर्भ जाँच गराएको नपाईएको स्वास्थ्यकर्मीको भनाई छ । जसका कारण जोखिम अत्यान्तै बढ्ने गरेको छ । महिला अधिकार मञ्च जाजरकोटले जिल्लाका ८ ओटा गाविसमा गरेको एक अध्ययन अनुसार असुरक्षित तरीकाले सुत्केरी भएकै कारण जिल्लाका करीव ४७ प्रतिशत महिलामा पाठेघर खस्ने समस्या देखिएको छ ।

प्रकाशित मिति:
June 16, 2014