तीन सय एकतिस विद्यालयका सबै फेल
असार १ । प्रवेशिका परीक्षाको नतिजामा देशभरका तीन सय ३१ विद्यालयको नतिजा शून्य देखिएको छ । परीक्षा नियन्त्रक विष्णुृबहादुर द्वारेका अनुसार सबभन्दा बढी पाँचथरमा २३ विद्यालयको नतिजा शून्य देखिएको छ ।
शिक्षा पत्रकार समूहद्धारा आयोजित अन्तक्र्रिया कार्यक्रममा नियन्त्रक द्वारेले दिएको जानकारीअनुसार मोरङमा १२, उदयपुरमा १३, काठमाडौंमा एक, सूर्खेतमा १०, बाजुरामा ११, अछाममा १७, डोटीमा १४, इलाममा १५, खोटाङमा ११, सप्तरीमा ११ र बाँकेमा १० विद्यालय शून्य भएका छन् ।
उनले विद्यमान परीक्षा प्रणालीलाई समयानूकुल परिवर्तन गर्दैमा शिक्षा सुधार आउँदैन भन्दै शिक्षकले पढाउने र विद्यार्थीले पनि मेहनत गर्नाको विकल्प नभएको बताए ।
शिक्षाविद् डा विद्यानाथ कोइरालाले विद्यालयमा नयाँ नयाँ विद्यार्थी आइरहेको तर शिक्षक पुरानै भएकाले हालै सार्वजनिक नतिजामा ४३ दशमलव ९२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको बताए । मनोविज्ञ डा गोपीलाल न्यौपानले विद्यार्थीको मूल्याङ्कन पद्धति नै फेर्नुपर्ने जनाए ।
प्रकाशित मिति:
June 15, 2014