भारतीय प्रधानमन्त्री मोदी साउन तेस्रो साता नेपाल आउने
असार १ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी साउनमा नेपाल आउने भएका छन् । दुई पक्षीय वार्ताका लागि उनी तेस्रो साता नेपाल आउने भारतीय सञ्चारमाध्यमले खबर छापेका छन् ।
उनको नेपाल भ्रमणको क्रममा नेपालसँगको सम्बन्ध विस्तार र वृहत् छलफल हुने बताइएको छ । उनको नेपाल भ्रमण तेस्रो विदेश भ्रमण हुने भएको छ । नेपाल अघि नै उनले जापानको भ्रमण गर्ने भएका छन् भने उनले भूटानबाट विदेश भ्रमण सुरु गर्नेछन् ।
मोदीको सपथमा गएका नेपाली समकक्षी सुशील कोइरालाले भ्रमण निम्तो दिएका थिए । भेटमा मोदीले नेपालसँग निकट सम्बन्ध राख्न चाहेको बताएका थिए ।
उनी नेपाल भ्रमणमा आउँदा विदेशमन्त्री सुष्मा स्वराज, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेश सचिव सुजथा सिंहसहित केही मन्त्री पनि सँगै रहने बताइएको छ ।

प्रकाशित मिति:
June 15, 2014