प्रधानमन्त्री कोइरालाको अमेरिकामा स्वास्थ्य परीक्षण जारी
काठमाडौं, ११ असार । प्रधानमन्त्री सुशील कोइरालाको अमेरिकाको न्युयोर्कस्थित मेमोरियल सोलान केटरिङ क्यान्सर सेन्टरमा बुधबार नियमित स्वास्थ्य परीक्षण गरिएको छ ।
चिकित्सकको सल्लाहअनुसार उनी आज उक्त अस्पताल गई थप परीक्षण गरेको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि स्थायी नेपाली नियोगले जनाएको छ ।
नियोगका अनुसार भोलि पनि प्रधानमन्त्री कोइरालाको स्वास्थ्य परीक्षण हुनेछ । प्रधानमन्त्री कोइराला स्वास्थ्योपचारका सिलसिलामा यही असार २ गते अमेरिका प्रस्थान गरेका थिए ।
उनले सोही सेन्टरमा विगत केही वर्षदेखि नियमित रूपमा उपचार गराउँदै आएका छन् ।

प्रकाशित मिति:
June 25, 2014