‘बारबरा एडम्स खोजी पत्रकारिता सम्मान’ पौडेललाई
काठमाडौँ, १९ जेठ । यस वर्षको ‘बारबरा एडम्स खोजी पत्रकारिता सम्मान–२०१३’ ‘नागरिक दैनिक’का वरिष्ठ संवाददाता सुरेन्द्र पौडेललाई प्रदान गरिएको छ ।
खोजी पत्रकारिताका माध्यमबाट नेपाली समाजमा व्याप्त भ्रष्टाचारको अन्त्यका लागि योगदान पु¥याएबापत पौडेललाई रु ५१ हजार र प्रशंसापत्र सहितको सम्मान प्रदान गरिएको हो । त्रिवि पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागमा स्थापित सो पुरस्कार पाउने पौडेल पहिलो व्यक्ति हुनुहुन्छ । उहाँले १२ वर्षदेखि भ्रष्ट्राचारसम्बन्धी खोजमूलक समाचार सम्प्रेषण गर्दै आउनुभएको छ ।
भ्रष्टाचारसम्बन्धी खोजमूलक समाचार लेख्ने पत्रकारलाई प्रेरित गर्ने उद्देश्यले बारबरा शान्ति प्रतिष्ठानको सहयोगमा त्रिवि पत्रकारिता तथा आमसञ्चार विभागले एक वर्षअघि सो सम्मान स्थापना गरेको थियो ।
मुख्यसचिव लीलामणि पौडेलले आज यहाँ आयोजित कार्यक्रममा पुरस्कार प्रदान गर्दै भ्रष्ट्राचारविरुद्ध खासगरी खोजी पत्रकारिता गर्ने व्यक्तिलाई थप उर्जा प्रदान गर्न पुरस्कार प्रेरणादायी हुने बताउनुभयो ।
उहाँले भन्नुभयो “हरेक क्षेत्रमा पुरस्कार र अवार्डका सूची थपिँदैछन् तर यो पुरस्कार भिन्न छ, यसमा स्वार्थ कपट, छलछाम छैन, यो पुरस्कारले पत्रकारिता क्षेत्र (भ्रष्ट्राचारसम्बन्धी खोजी विषय) मा काम गर्न प्रोत्साहन गर्नेछ ।”
“समाज, परिवार, शक्ति र पेसासँग जोडिएको भ्रष्ट्राचारको कडा सञ्जाललाई निर्मूल गर्न एक्सन चाहिन्छ, भ्रष्ट्राचारविरुद्ध लड्न कुनै परियोजना, भावनामा लागेर हुँदैन, यो चुनौतीको बाटो भएकाले कडा साहस र सजगता पनि चाहिन्छ,” उहाँले भन्नुभयो ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले सञ्चारमाध्यमको सङ्ख्यात्मक वृद्धि भइरहेको तर त्यसका विषयवस्तु गुणस्तरहीन हुने गरेको सन्दर्भमा समाजमा रहेको भ्रष्ट्राचार र बेथितिलाई जरैदेखि अन्त्य गर्न र खोजी पत्रकारिताको विकासमा यस किसिमको पुरस्कार प्रेरणादायी हुने बताउनुभयो ।
आमसञ्चार केन्द्रीय विभागका प्रमुख प्रा परशुराम खरेलले पुरस्कारलाई निष्पक्ष, पारदर्शी र सान्दर्भिक बनाउन निकै मेहनत गरिएको र प्रकाशित खोजमूलक लेखमध्ये उत्कृष्ट (भ्रष्ट्राचारसम्बन्धी) लेखलाई पुरस्कार प्रदान गरिएको भन्दै यसले आगामी दिनमा अन्य जुझारु पुस्तालाई थप प्रेरणा मिल्ने बताउनुभयो ।
शान्ति प्रतिष्ठानका अध्यक्ष बारबरा एडम्सले नेपाललाई विकसित सुन्दर मुलुक बनाउन समाजमा क्यान्सरको रुप लिएको भ्रष्ट्राचारलाई जरैदेखि निर्मूल पार्न सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।
पुरस्कार छनोट समितिका सदस्य ‘काठमाडौँ पोस्ट’का प्रधान सम्पादक अखिलेश उपाध्यायले भ्रष्टाचारसम्बन्धी खोजमूलक ३७ समाचार लेखमध्ये उत्कृष्ट पौडेलको लेखलाई सम्मान गरिएको जानकारी दिनुभयो । रासस

प्रकाशित मिति:
June 02, 2014