नेपाल बंगलादेश बैंकको आक्रमकता, मुख्य प्रतिस्पर्धीमा उभिने प्रयास
जेठ २६ । दुई दशकअगाडि सुरु भएको नेपाल बंगलादेश बैंक पछिल्लो पटक बजारमा आक्रमक रुपमा देखिएको छ ।
कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले बैंकलाई मुख्य प्रतिस्पर्धीका रुपमा उभ्याउन आक्रमक बजार नीति लिएको बुझिएको छ । उक्त बैंकले एम्बेस्डरका रुपमा पूर्व मिस नेपाल माल्विका सुब्बालाई लिएको छ । यसैगरी, आक्रमक बजार नीति अन्तर्गत सम्भव भए एकै दिन २० वटा शाखा खोल्ने नत्र पनि एकपछि अर्को गर्दै शाखा खोल्ने रणनीति लिएको छ ।
यता, सेयरधनीका लागि पनि बैंकले लगभग १८ प्रतिशत लाभांश घोषणा गरिसकेको छ । उक्त लाभांश यसै आर्थिक वर्षमा दिने कुनै कारणबस नभए आर्थिक वर्षको सुरुमै ३० प्रतिशत भन्दा बढी लाभांश दिने बैंकले तयारी गरेको छ । बैंकको सोमबार अन्तिम सेयर प्रतिसेयर ७ सय १५ रुपैयाँमा कारोबार भएको छ ।
बैंकका कार्यकारी अधिकृत ढुंगानाको दुई दिनमा नेपालमा चर्चित दुई राष्ट्रिय दैनिकमा अन्तरवार्ता समेत आईसकेको छ । जसले पनि बैंक निक्कै आक्रमक रुपमा बजारमा आएको बुझिएको छ ।
यता, बैंकको सिओ ढुंगानाले बैंकको सेयर १५ सय पुर्याउने दाबी गर्दै आएका छन् । एक अन्तरवार्तामा उनले केही वर्षमा नै बैंकलाई उत्कृष्ट १० भित्र पार्ने दाबी गरेका छन् ।
ढुंगानाले विगतमा घाटामा सञ्चालित एनबी बैंकको वर्तमान वित्तीय अवस्था सुधारोन्मुख रहेको तथा करकट्टिपछि ८० करोड रुपैयाँ नाफा कमाउने अवस्थामा आइपुगेको समेत बताएका छन् ।
प्रकाशित मिति:
June 09, 2014