पैसा नतिरेपछि माओवादी पार्टी कार्यालयको फोन र विद्युत् लाइन काटियो
जाजरकोट, २७ जेठ । एकीकृत नेकपा (माओवादी) जाजरकोटको पार्टी कार्यालमा जडान गरिएको टेलिफोन र विद्युत् लाइन काटिएको छ । सो पार्टीले विद्युत् र टेलिफोनको महसुल भुक्तानी नगरेका कारण लाइन काटिएको हो ।
एमाओवादीले तीन वर्षदेखि विद्युत्को महसुल नतिरेको साङ्ट रिसाङ जलविद्युत् आयोजनाले बताएको छ । विद्युत् महसुल तिर्न पटकपटक जानकारी गराउँदा पनि शुल्क भुक्तानी नगरेका कारण बाध्य भएर लाइन नै काट्नुपरेको आयोजनाले बताएको छ ।
त्यस्तै टेलिफोनको सात महिनाको महसुल नतिरेका कारण लाइन नै काट्नुपरेको नेपाल टेलिकम जाजरकोट शाखाले बताएको छ । एमाओवादी जाजरकोट पार्टी कार्यालयको फोनको रकम भुक्तानी नगरी फोन काटिएको यो तेस्रोपटक हो । टेलिफोनको पैसा तिर्न रु १२ हजारभन्दा बढी रहेको छ भने विद्युत्को रु १३ हजारभन्दा बढी रहेको छ ।
पार्टी कार्यालयमा किन फोन छैन भनेर कार्यकर्ताहरू सोध्दा कार्यालय सचिवले चट्याङले गर्दा फोन लाइनमा खराबी आएको भनी जवाफ दिने गरेका छन् । विद्युत्को लाइन काटिएका कारण कार्यकर्ताहरू, नेताहरू आफू बस्ने होटलमा मोबाइल चार्ज गर्न बाध्य छन् । स्रोत नभएका कारण महसुल तिर्न नसकिएको एमाओवादी जाजरकोटका अध्यक्ष नवराज शर्माले बताए । रासस

प्रकाशित मिति:
June 10, 2014