अदालतको अपहेलना सम्बन्धी विधेयकमा चुप बस्दिनः प्रचण्ड
असार १३ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अदालतको अपहेलना सम्बन्धी विधेयकविरुद्ध संसदमा उत्रने बताएका छन् ।
शुक्रबार विराटनगरमा विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले संसदमा पेश भएको अदालतको अपहेलना सम्बन्धी विधेयकविरुद्ध आफू चुप लागेर नबस्ने चेतावनी दिए ।
प्रचण्डले जो कोहीले पनि जनताको अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न नहुने भन्दै प्रचण्डले संसदमा विधेयकमाथि चर्को नाराबाजी गर्ने बताएका हुन् ।
दाहालले अदालतका पछिल्ला क्रियाकलापप्रति आफू असन्तुष्ट रहेको समेत बताएका छन् । प्रचण्डले भने पछिल्लो समय अदालतको कामप्रति मलाई चित्त बुझेको छैन । प्रचण्डले थपे ‘अदालतको गतिविधिमा म केही दिनदेखि सन्तुष्ट हुन सकेको छैन ।’
सरकारले भने संसदबाट उक्त विधेयक पास गर्ने योजना बनाएको छ । केही दिन अघि मात्र गृहमन्त्री बामदेव गौतमले विधेयकको विरोध गर्ने निरंकुश भएको बताएका थिए ।

प्रकाशित मिति:
June 27, 2014