एसएसपी खरेलले गल्ति गरेको निष्कर्ष, कारबाहीका लागि सिफारिस
जेठ २१ । एआईजीमा बढुवा हुन डीआईजीहरु ब्रिफकेस बोकेर धाईरहेको अभिव्यक्ति दिएको विषयलाई लिएर काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश खरेललाई दोषी देखाइएको छ ।
प्रहरी नायव महानिरीक्षक विज्ञानराज शर्माको संयोजकत्वको छानविन समितिले खरेललाई छानविन गर्न समितिले कारबाहीको सिफारिस गरेको छ । खरेल मंगलबारदेखि एक महिने बिदामा बसेका छन् ।
प्रमाणविनै प्रहरी संगठनको अनुशासनविपरीत सार्वजनिक रुपमा वक्तव्य दिएको भन्दै उनलाई कारबाहीका लागि सिफारिस भएको हो ।
प्रहरी नायव महानिरीक्षक विज्ञानराज शर्माको संयोजकत्वको छानविन समितिले सोमबार प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई प्रतिवेदन बुझाउँदै खरेलको गल्ती देखाइएको हो ।
विनाप्रमाण त्यसरी प्रहरी संगठनको प्रतिष्ठामा आँच आउने गरी अभिव्यक्ति दिएको निष्र्कष छानबिन समितिको छ ।
प्रकाशित मिति:
June 04, 2014