प्रदूषित खानेपानीका कारण दलित बस्तीमा झाडापखालाको प्रकोप
सप्तरी, २१ जेठ । प्रदूषित इनारको पानी खाँदा सप्तरीको तेरहौता गाविस–३ स्थित दलित बस्तीमा झाडापखालाको प्रकोप फैलिएको छ ।
विगत केही दिनदेखि फैलिएको झाडापखालाका कारण करिब ६० जना स्थानीय प्रभावित भएका छन् । झाडापखाला प्रभावितमध्ये एक दर्जनको सगरमाथा अञ्चल अस्पतालमा र बाँकीको गाउँमै चिकित्सकको रोहवरमा स्वास्थ्य उपचार भइरहेको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजयकुमार झाले जानकारी दिए ।
झाडापखालाबाट अहिलेसम्म कसैको मृत्यु नभएको र पीडितको उपचारका लागि औषधिसहितको चिकित्सक टोली झाडापखाला फैलिएको बस्तीमा परिचालन गरी उपचार थालिएको प्रमुख झाले बताए । झाडापखालाबाट बढी बालबालिका र वृद्धवृद्धा पीडित छन् ।
सदरमुकाम राजविराजबाट करिब १५ किलोमिटरको दूरीमा रहेको उक्त बस्तीभरि नै झाडापखाला प्रकोप फैलिएपछि स्थानीय त्रसित भएका छन् । एकैपटक बस्तीका प्रायः सबै घरका सदस्य झाडापखालाको प्रकोपबाट प्रभावित भएकाले उपचारमा समस्या भइरहेको स्थानीय नेपाली सदाले बताए ।
दलित बस्तीमा रहेको इनारको प्रदूषित पानी खाँदै आएको र सरसफाइमा समेत कमी भएकाले झाडापखालाको प्रकोप फैलिएको बताइएको छ । सो दलित बस्तीमा स्वच्छ खानेपानीेका लागि ट्युबेल तत्काल जडान गरी दिन गाविस कार्यालयलाई निर्देशन दिइसकेको सप्तरीका निमित्त स्थानीय विकास अधिकारी सुरेशकुमार राउतले बताए ।

प्रकाशित मिति:
June 04, 2014