मतदान गर्न नचाहनेको नामावली मुचुल्का उठाएर आयोगमा पठाइने
असार ८ । चितवनमा नाममा टिक लगाइसकेपछि मत खसाल्न नजाने मतदाताहरुको मुचुल्का उठाएर निर्वाचन आयोगमा पठाइने जिल्ला निर्वाचन कार्यालय चितवनले जनाएको छ।
'नो भोट'को व्यवस्था नभइसकेकाले कोही मतदाता त्यस्ता भेटिए भने फारम भर्न लगाएर आयोगमा पठाइने मुख्य निर्वाचन अधिकृत विनोदमोहन आचार्यले जानकारी दिए।
मतदान अधिकृतहरुलाई आयोगको टोलीले सो विषयमा प्रशिक्षणसमेत दिएकाले सबै क्षेत्रमा यस्तै परिपत्र भएको उनको भनाइ छ। भरतपुरको मतदान स्थलमा खटिएका मतदान अधिकृत घनश्याम उपाध्यायले राजनीतिक दलहरुबीच यस विषयमा सहमति भएको बताए।
ुनाममा टिकमार्क लगाइसकेपछि उसले भोट हाल्न चाहेन भने मतदाता सूचीमा मत हालेको देखिन्छ तर मेसिनमा चढेको हुँदैन, यो विषयमा फारम भरेर मुचुल्का उठाउने दलहरुसँग सहमति भएको छु, उपाध्यायले भने। तर अहिलेसम्म कोही पनि मत हाल्न नचाहेको भनेर अगाडि नआएको उनले जनकारी दिए। रासस
प्रकाशित मिति:
June 22, 2014