काठमाडौं, चितवन, बर्दिया, कैलालीमा मतदान जारी
काठमाडौँ, ८ असार । काठमाडौं, चितवन, बर्दिया, कैलालीमा उपनिर्वाचन अन्तर्गत मतदान कार्य जारी छ । संविधानसभा सदस्य उपनिर्वाचन कार्य उत्साहपूर्ण र शान्तिपूर्ण ढङ्गले सञ्चालन भइरहेको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार आज बिहान ७ बजेदेखि काठमाडौँ क्षेत्र नं २, चितवन क्षेत्र नं ४, बर्दिया क्षेत्र नं १ र कैलाली क्षेत्र नं ६ मा सुरु भएको मतदानमा मतदाताहरू उत्साहपूर्वक सहभागी भइरहेका छन् । चार वटै निर्वाचन क्षेत्रमा ३२४ वटा मतदान केन्द्र राखिएका छन् । मतदान अपराह्न ५ बजेसम्म चल्नेछ ।
कैलालीका दुई मतदान केन्द्रमा महिला कर्मचारीबाट मात्रै निर्वाचन कार्यक्रम सञ्चालन भइरहेको आयोगका प्रवक्ता महेश्वर न्यौपानेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
काठमाडौँ–२ मा ३९ मतदान स्थल र ९० मतदान केन्द्र, चितवन–४ मा ३१ मतदान स्थल र ८१ मतदान केन्द्र र बर्दिया–१ मा ३७ मतदान स्थल र ७८ मतदान केन्द्र छन् । कैलाली–६ मा ३० मतदान स्थल र ७५ मतदान केन्द्र छन् ।
यसपटकको उपनिर्वाचनमा ४ वटै क्षेत्रमा विद्युतीय उपकरणबाट मतदानको व्यवस्था गरिएको छ । चारै क्षेत्रमा दल र स्वतन्त्र उम्मेदवार गरी ७६ जना चुनावी प्रतिस्पर्धामा छन् । तीमध्ये राजनीतिक दलका उम्मेदवार ६० र स्वतन्त्र १६ जना छन् ।

प्रकाशित मिति:
June 22, 2014