बस दुर्घटनामा दुईको मृत्यु
अर्घाखाँची, ८ असार । अर्घाखाँचीको ठाडा–३ कोप्चीबासमा जन्ती बोकेको बस गएराति दुर्घटना हुँदा दुईजनाको घटनास्थलमा नै मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको छ ।
जुकेनाबाट जन्ती लिएर बुटबल जाँदै गरेको लु१ख ७५९३ नम्बरको माइक्रोबस सडकबाट तल खसेर दुर्घटना हुँदा रुपन्देही पानबारी–४ का ४८ वर्षीय पुनाराम भट्टराई र सालझण्डी–८ की जमुना पाख्रेलको मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपेन्द्र जिसीले बताए ।
घाइतेहरूको बुटवलमा उपचार भइरहेको छ । घटनास्थलमा प्रहरी र स्थानीय बासिन्दाले घाइतेको उद्धार गरेका थिए ।
प्रकाशित मिति:
June 22, 2014