पेरिसडाँडामा भेला, पाँच दलको कार्यगत एकताका लागि कार्यदल गठन
काठमाडौँ, ७ असार । एकीकृत नेकपा (माओवादी) र नेकपा–माओवादीलगायत पाँच राजनीतिक दल कार्यगत एकताका लागि सहमत भएका छन् ।
एमाओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको ती दलको संयुक्त बैठकले कार्यगत एकताको आधार तयार पार्नका लागि एक कार्यदल गठन गरेको छ ।
कार्यदलमा एमाओवादीका तर्फबाट महासचिव कृष्णबहादुर महरा, नेकपा–माओवादीका सचिव देवप्रसाद गुरुङ, नेकपा (माओवादी)का नेता देवनारायण यादव, क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता टीकाविक्रम हमाल र नेकपा (एकीकृत)का नेता रामसिंह श्रीस रहेका छन् ।
कार्यदललाई यही असार १६ गते बस्ने संयुक्त बैठकमा कार्यगत एकताको आधार, नीति, नेतृत्व, राजनीतिक तथा साङ्गठनिक योजना पेस गर्ने अख्तियारी दिइएको छ ।
कार्यदललाई कार्यगत एकतासँगै पार्टी एकताका लागि आधार तयार पार्ने जिम्मेवारीसमेत प्रदान गरिएको क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मणि थापाले जानकारी दिए । उनका अनुसार असार १६ गते कार्यगत एकताको औपचारिक घोषणा गरिनेछ । राष्ट्रिय आवश्यकता र माओवाद मान्ने पार्टीको कार्यगत एकताले नै मुलुकमा विद्यमान राजनीतिक समस्या समाधान गर्न सहयोग पुग्छ भन्ने ध्येयका साथ प्रयास सुरु गरिएको जनाइएको छ ।
यस्तै आजको बैठकमा जनयुद्ध, जनआन्दोलन र विभिन्न आन्दोलनले उठाएका जनपक्षीय एजेन्डालाई भावी संविधानमा लिपिबद्ध गर्न के–कस्तो रणनीति अख्तियार गर्ने बारेमा छलफल भएको थियो ।
बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षद्वय नारायणकाजी श्रेष्ठ र पोष्टबहादुर बोगटी, नेता डा बाबुराम भट्टराई, सचिव वर्षमान पुन, नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य, महासचिव रामबहादुर थापा, उपाध्यक्ष सिपी गजुरेल, सचिवद्वय देवप्रसाद गुरुङ र नेत्रविक्रम चन्द सहभागी थिए । यस्तै नेकपा (माओवादी)का अध्यक्ष मातृका यादव, क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव थापा, नेकपा (एकीकृत)का नेता परी थापालगायतका नेताहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति:
June 21, 2014