जाजरकोटमा आठ नमुना विद्यालय सञ्चालन हुने
दिप बहादुर घर्ति
जाजरकोट ७ असार । जिल्लाका दुई वटा गाविस भित्रका ८ वटा विद्यालयमा सिकाईका लागी शिक्षण प्रयोजना सञ्चालन हुने भएको छ । सनिवार सदरमुकाम खलंगामा एक औपचारिक कार्यक्रम सहित सो कुराको जानकारी तथा सार्वजनिक गरिएको हो ।
जीवनका लागी शिक्षा, सबैका लागी शिक्षा, दण्ड रहित बालमैत्री शिक्षाको सिकाई र शिक्षण का लागी सञ्चालन गरिन थालिएको प्रयोजना खलंगा गाविसको त्रिवेणी मा.वि. रिम्ना, दिपेन्द्र प्रा.वि रावतगाउँ गरि ४ वटा र जगतिपुर गाविसको भगवति मा.वि. कुदू, थर्पुडाडाँ प्रा.वि जगतिपुर गरि ४ वटा विद्यालयमा सञ्चालन गरिने भएको छ ।
उक्त प्रयोजना नेपाल सरकार शिक्षा मन्त्रालय, युरोपियन युनियन, भिएसओ नेपाल र आसमान नेपालको संयुक्त साँझेदारीमा सञ्चालन गरिन थालिएको हो । प्रयोजनाले विद्यालयको भौतिकपूर्वाधार र शैक्षिक अवस्थामा सुधार ल्याउने वताईएको छ ।
औपचारीक कार्यक्रममा बोल्दै हाल शिक्षा मन्त्रालयको मुख्य चासोको बिषय भनेको विद्यार्थीहरुको सिकाई भएको शिक्षा मन्त्रालयका प्रतिनीधि झुम प्रशाद राईले वताए । प्रयोजनाको मुख्य उदेश्य पनि विद्यार्थीहरुको सिकाईमा केन्द्रित रहेको छ । विद्यार्थीहरुको सिकाईका लागी विद्यालयको भौतिकपूर्वाधारमा सुधार ल्याउने जहाँ सिकाई शिक्षण संग सम्बन्धित हुनेछन । साथै विद्यार्थीका अविभावकलाई जिम्मेवार र उत्तरदायी बनाउने जस्ता विषय हुनेछन राईले भने ।
प्रयोजनाले डलरको खेती गर्ने विषयमा मात्र केन्द्रित नभएर विद्यार्थीहरुको भर्नादर र परिक्षा उर्तिणादरमा बृद्धि ल्याउन केन्द्रित हुनु पर्ने थुप्रै विषयमा कार्यक्रममा भएका सहभागीले सुझाव दिएका थिए ।
प्रकाशित मिति:
June 21, 2014