चितवनमा काँग्रेसका घिमिरे, बर्दियामा एमालेका ढकाल विजयी
काठमाडौं ९ असार । चितवन क्षेत्र नं ४ को उपनिर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार रामकृष्ण घिमिरे विजयी भएका छन् । यस्तै बर्दियाको क्षेत्र नम्बर १ को उपनिर्वाचनमा नेकपा (एमाले)का उम्मेदवार श्यामप्रसाद ढकाल विजयी भए ।
आज बिहान सम्पन्न मतगणनाअनुसार काँग्रेसका घिमिरे तीन हजार ४६ मत अन्तरले विजयी भए ।
घिमिरेले कुल २० हजार ३१८ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी दिलकुमारी रावल (पार्वती)ले १७ हजार २७२ मत ल्याइन ।
यता, बर्दियामा एमालेका उम्मेदवार ढकालले १६ हजार ९९६ मत ल्याएर विजय भए । ढकालको प्रतिद्वन्द्वी नेपाली काँगे्रसका उम्मेदवार सोदे विष्टले ११ हजार ३३५ मत र एनेकपा (माओवादी) का उम्मेदवार भवनकुमार थारूले ११ हजार ३१ मत ल्याए । मतदानमा ७४.९१ प्रतिशत मत अर्थात ४३ हजार ७८३ मत खसेको थियो ।
प्रकाशित मिति:
June 23, 2014