भारतीय प्रधानमन्त्री मोदीको भ्रमण सफल बनाउन तीन दलको बैठक
काठमाडौँ, १२ साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमण सफल बनाउन र मुलुकको हितमा केन्द्रित गर्न नेपाली काँग्रेस, नेकपा (एमाले) र एकीकृत नेकपा (माओवादी)ले बैठक गरेका छन् ।
बैठकमा दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा छलफल भएको र भारतीय प्रधानमन्त्रीको भ्रमणका बेला गर्ने सहयोगसम्बन्धीे सम्झौताका लागि सम्बन्धित मन्त्रीलाई समेत आमन्त्रण गरेर भोलि पुनः बैठक बस्ने सहमति भएको काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले सञ्चारकर्मीहरूलाई जानकारी दिए ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा छिट्टै सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता खोजविन आयोग गठन गर्ने एवम् संविधान निर्माणका लागि सहमति कायम गर्न राजनीतिक संवाद सहमति समितिमा रहेका शीर्ष नेताहरू रहने एक समिति निर्माण गर्ने विषयमा समेत छलफल भएको उपसभापति पौडेलले बताए ।
बैठकमा संविधान निर्माणमा सहभागी बनाउन संविधानसभा बाहिर रहेका दल एवम् विभिन्न समूहसँग राजनीतिक संवाद सहमति उपसमितिले गरिरहेका वार्ता र छलफलबारे जानकारी गराइएको एमालेका उपाध्यक्ष भीम रावलले बताए ।
कार्यतालिकाअनुसार संविधान निर्माणको काम तदारुकताका साथ अघि बढाउन प्रमुख दलका प्रमुख नेताहरू सम्मिलित टोली बनाएर सहमति खोज्ने र खासगरी नेकपा–माओवादीलाई वार्ताद्वारा संविधान निर्माणमा सहभागी बनाउने विषयमा छलफल भएको उपाध्यक्ष रावलले जानकारी दिए ।
बैठकमा प्रमुख तीन दलबीच विगतमा भएको चारबुँदे सहमतिको कार्यान्वयनका विषयमा समेत छलफल भएको थियो ।
शान्ति प्रक्रियासँग गाँसिएको चारबुँदे सहमतिअन्तर्गत उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने विषयमा छलफल भएको र छिट्टै यसबारे निर्णय लिइने एमाओवादीका उपाध्यक्ष पोष्टबहादुर बोगटीले बताए ।
बैठकमा काँग्रेसका तर्फबाट सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, एमालेका तर्फबाट वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्षद्वय भीम रावल र विद्यादेवी भण्डारी, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेल तथा एमाओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता डा. बाबुराम भट्टराई र उपाध्यक्षद्वय नारायणकाजी श्रेष्ठ तथा पोष्टबहादुर बोगटी उपस्थित थिए ।

प्रकाशित मिति:
July 28, 2014