ट्रान्सफर्मर पड्कँदा दुईको ज्यान गयो, दुई गम्भीर घाइते
खोटाङ, २८ असार । विद्युत् ट्रान्सफर्मर पड्कँदा खोटाङमा दुई जनाको ज्यान गएको छ भने दुईजना गम्भीर घाइते भएका छन् ।
बुइपा–१ बस्ने ४५ वर्षीया कालीमाया राई र ४९ वर्षीया पदमसरी राईको ज्यान गएको हो भने १६ वर्षीया निजा राई र ५० वर्षीय कृष्ण श्रेष्ठ गम्भीर घाइते भएका हुन् ।
ट्रान्सफर्मर पड्कनासाथ सर्ट भएको विद्युत्मा परी घाइते बनेका उनीहरूको उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ लाने क्रममा बाटैमा ज्यान गएको स्थानीय मीना राईले जानकारी दिइन् । उनका अनुसार उनीहरूसँगै काठमाडौँ पु¥याइएको गम्भीर घाइते निजाको केएमसी अस्पतालमा उपचार भइरहेको छ ।
उनीहरूसँगै घाइते बनेका कृष्णको स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि जिल्ला अस्पताल ल्याइएको छ । आज बिहान ९ः३० बजेतिर घर छेउमा रहेको विद्युत् ट्रान्सफर्मर पड्कदा उनीहरू घाइते बनेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति:
July 12, 2014