• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » ठूलाले आत्महत्या गरेको देखेर १२ वर्षीय बालकले गरे आत्महत्या
ठूलाले आत्महत्या गरेको देखेर १२ वर्षीय बालकले गरे आत्महत्या

सुन्दरीजल, १ साउन । छिमेकमा एक व्यक्तिले आत्महत्या गरेपछिको दृश्य हेर्न पुगेका कक्षा ५ मा अध्ययनरत एक बालकले बुधबार आफू बस्दै आएको घरमै झुन्डिएर आत्महत्या गरेका छन् ।

ओखलढुङ्गा जिल्ला कुहिभिर–७ स्थायी घर भई हाल नयाँपाटी–४ बस्दै आएका १२ वर्षीय सिद्धार्थ कोइरालाले बुधबार डेरा गरी बस्दै आएको उत्तम राईको घरको छतमा झुन्डिएर आत्महत्या गरेको महानगरीय प्रहरी वृत्त बौद्धले जानकारी दिएको छ ।

नयाँपाटीमै रहेको चण्डिकाश्वरी अङ्ग्रेजी माविमा अध्ययनरत कोइराला मङ्गलबार विद्यालय छुट्टी भएपछि नयाँपाटी–२ मा घर बनाई बस्दै आएका काभ्रेपलाञ्चोक जिल्ला मदनकुडारी– १ का स्थायी बासिन्दा ३५ वर्षीय बुद्धिलाल तामाङले घरमा झुन्डिएर आत्महत्या गरेको दृश्य हेर्न गएका थिए ।

झुन्डिएको हेरेर आएपछि यसरी पनि मरिन्छ र भन्दै आफन्तसित सोधेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको प्रहरी वृत्त बौद्धका प्रहरी निरीक्षक दामोदर दवाडीले जानकारी दिनुभयो । दुवैको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको पनि उनले बताए ।

शव परीक्षण रिपोर्ट आएपछि घटनाका विषयमा थप भन्न सकिने उनले जानकारी दिए ।

प्रकाशित मिति: July 17, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • Miss Nepal Payal Shakya 2004
  • EC directs govt to halt Nepal Police transfers
  • आजको राशिफल September 23, 2013
  • तह थपबारे एमाले चुप बस्ला ? अब यस्तो हुनेछ राजनीति, यसरी हुनेछ चुनाव !
  • AISC recommends 4171 news posts in Nepal Army
गृह पृष्ठ |