तालिवानद्वारा काुबल विमानस्थलमै आक्रमण
काबुल, १ साउन । अफगानिस्तानमा सशस्त्र हिंसा मच्चाइरहेका तालिवानहरूले बुधबार राति राजधानी काबुलकै विमानस्थलमा आक्रमण गरेको खबर छ ।
उनीहरू बुधबार राति दर्जनौँको सङ्ख्यमा त्यहाँ पुगी विमानस्थलमा नै आक्रमण थालेका थिए । सो आक्रमणबाट विमानस्थल अवरुद्ध भने भएको छैन ।
सो आक्रमणबाट चारजना तालिवान नै मारिएका बताइएको छ । विमानस्थल बाहिरको एक भवनलाई तारो बनाई उनीहरूले आक्रमण गरेका थिए ।
देश राष्ट्रपतीय निर्वाचनका कारण विवादमा रहेका बेला तालिवानहरूले राजधानीकै विमानस्थलमा आक्रमण गरेका जनाइएको छ ।
अफगानिस्तानमा हालै सम्पन्न भएको राष्ट्रपतीय निर्वाचनका विषयमा विवाद उत्पन्न भएको छ । सो विवादका कारण त्यहाँ राजनीतिक सङ्कट पनि गहिरिन सक्ने अनुमान गरिएको छ ।
काबुलको सो विमानस्थल नेटो सैनिकको मुख्यालयको नजिकै पर्दछ । नेटोको सो मुख्यालयले हालै अफगानिस्तानमा सम्पन्न भएको राष्ट्रपतीय निर्वाचनको सुरक्षाका प्रदान गरेको थियो ।
उक्त निर्वाचनका मतपत्रहरू नेटो सैनिकले नै सुरक्षा दिएको थियो । अब पनि सो निर्वाचनको पुनः मतगणना गरिने भएको बताइएको छ ।
अफगानिस्तानको गृह मन्त्रालयले दिएको जानकारीअनुसार तालिवान हतियारधारीहरूले बुधबार मध्यरातिदेखि उक्त भवनलाई नियन्त्रणमा लिई हमला थालेका थिए ।
उनीहरूले सो घरबाट विमानस्थलमा कम्तीमन पनि चार घन्टासम्म हमला गरेका थिए । हमलामा परी चारजना तालिवानको ज्यान गएको छ ।
बिहीबार बिहानीपख अफगान सैनिकले सो हमलालाई निस्तेज पारिएको जानकारी दिएका थिए । तालिवानहरू भागेका र केही सो हमलामा परी मारिएकाले बिहीबार बिहानीपख सो कारबाही समाप्त भएको अफगान सैनिकले बताएका छन् ।

प्रकाशित मिति:
July 17, 2014