जिल्लावाट साढे पाँच करोड रकम फिर्ता
दिप बहादुर घर्ति
जाजरकोट १ श्रावन । जिल्लामा भौतिकपूर्वाधार विकास लगाएत विभिन्न कार्यक्रम गर्नका लागि आएको साढे पाँच करोड रकम जिल्लावाट फिर्ता भएको छ । गत आवमा निर्धारित कार्यक्रम अनुसार छुटिएकोे वजेट अनुसार काम हुन नसकेपछि रकम फिर्ता भएको हो ।
जाजरकोट १ श्रावन । जिल्लामा भौतिकपूर्वाधार विकास लगाएत विभिन्न कार्यक्रम गर्नका लागि आएको साढे पाँच करोड रकम जिल्लावाट फिर्ता भएको छ । गत आवमा निर्धारित कार्यक्रम अनुसार छुटिएकोे वजेट अनुसार काम हुन नसकेपछि रकम फिर्ता भएको हो ।
जिल्ला विकास समिति र अन्तरगतका विभिन्न कार्यक्रमहरुको ५ करोड ४२ लाख ७९ हजार ९ सय ८९ रुपैया रकम काम हुन नसकेर फिर्ता भएको जिल्ला विकास समिति जाजरकोटका योजना अनुगमन तथा प्रशासकीय अधिकृत कुलवहादुर जिसीले वताए । उनले समयमा वजेटको अख्तियारी नआउनु, उपभोक्ता र ठेकेदारले इमान्दारीता पुर्वक समयमै काम नगर्नु र अन्य समस्याका कारण यति ठुलो मात्रामा रकम फिर्ता गएको वताए ।
अधिकृत जिसीका अनुसार गत आवमा जिल्ला विकास समितिको १ करोड १९ लाख ३४ हजार ९ सय ५०, नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमको २३ लाख ६० हजार ६ सय ५९, विकेन्द्रीत ग्रामीण पुर्वाधार विकास तथा जीवीकोपार्जन सुधार कार्यक्रमको ३ करोड ७७ लाख ५० हजार ३ सय ६०, स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमको ८ लाख ३९ हजार २० र सामाजिक सुरक्षाको १३ लाख ९५ हजार रुपैया रकम फिर्ता गएको छ । योजना तथा कार्यक्रम कार्यान्वयनका क्रममा सरोकारवालाहरुको लापरवाहिका कारण जिल्लाको विकासका लागि आएको ठुलो रकम फिर्ता गएको हो ।
जिल्लामा भौतिक पुर्वाधार तथा जनताको जीवनस्तर सुधारका लागि आएको रकम फिर्ता जानुमा सरकारी कर्मचारी र स्थानीय उपभोक्ताहरु वढी जिम्मेवार रहेको पत्रकार राजेन्द्र कार्की वताउछन् । गाउँमा विकासका लागि योगदान दिने भन्दा पनि कसरी कमाउने भन्ने सोच भएका कारण सरकारले छुटयाएको रकम सदुपयोग हुने नसक्ने गरेको पत्रकार कार्कीको भनाइ छ ।
समयमा मन्त्रालयले अख्तियारी नदिने र आर्थिक वर्ष सकिने अन्तिम वेला सम्म पनि वजेटको अख्तियारी आउने गरेका कारण काम हुन नसकेर वजेट वाध्यतावस फिर्ता हुने गरेको स्थानीय विकास अधिकारी कृष्ण प्रशाद पाण्डेको भनाइ छ । अधिकारी पाण्डेले आर्थिक वर्ष सुरु हुने साउन देखि अन्त्य हुने असार सम्म पनि अख्तियारी आइरहने गरेको वताए । विशेष गरि पुल, सडक तथा निर्वाचन क्षेत्र विकास कार्यक्रम र सामाजिक सुरक्षाको रकम काम नहुने र सदुपयोग हुन नसकेको श्रोतको भनाइ छ ।
गाउँमा कामै नभएपनि भुक्तानी माग्ने उपभोक्ता र ठेकेदार तथा त्यहि निहुमा कमीसन माग्ने सरकारी कर्मचारी र प्राविधिकका कारण विकास वजेटमा ठुलो दुरुपयोग हुने गरेको स्थानीय अगुवा इमाश्वर देवकोटा वताउछन् । कागजमा विकास भएको देखाउने तर गाउँमा विकासको रुप नदेखिने प्रवृत्तिले वजेटको सदुपयोग नभएको प्रष्टिएको देवकोटाकोे भनाइ छ ।
भर्खरै जिल्लामा आएका स्थानीय विकास अधिकारी पाण्डेले अव आफनो कार्यकालमा जिल्लामा वजेट दुरुपयोग तथा अन्य समस्याको समाधानका लागि कडाइका साथ प्रस्तुत हुने वताउछन् ।
प्रकाशित मिति:
July 17, 2014