साढे १० बजे आईपुग्नेछन् भारतीय प्रधानमन्त्री मोदी
साउन १८ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुईदिने औपचारिक भ्रमणमा आज साढे १० बजे काठमाडौं आईपुग्ने छन् ।
प्रधानमन्त्री सुशील कोइरालाको मैत्रीपूर्ण निमन्त्रणामा मोदी नेपाल भ्रमणमा आउन लागेका हुन् ।
नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति डा रामवरण यादव, प्रधानमन्त्री कोइराला, सभामुख सुवासचन्द्र नेम्वाङ, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, विभिन्न राजनीतिक दलका शीर्ष नेता तथा उद्योगपति एवम् व्यापारीसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
आइतबार अपराह्न नै दुवै देशका प्रतिनिधिमण्डलबीच प्रधानमन्त्री तहमा नेपाल–भारत सम्बन्धका विविध पक्षमा वार्ता हुनेछ । आइतबार नै प्रधानमन्त्री मोदीले व्यवस्थापिका–संसद्लाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री कोइरालाले सोही दिन भारतीय प्रधानमन्त्रीको सम्मानमा रात्रिभोजको आयोजना गरेका छन् ।
भारतीय प्रधानमन्त्रीको भ्रमण सफल तुल्याउन सरकारले सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ । सत्र वर्षपछि हुन लागेको भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणबाट परम्परागत रूपमा रहिआएको नेपाल र भारतबीचको घनिष्ठ एवम् सुमधुर सम्बन्धको सुदृढीकरण एवम् द्विपक्षीय सहयोगको अभिवृद्धिमा थप योगदान पुग्ने विश्वास मन्त्रालयले व्यक्त गरेको छ ।
यसैबीच, मोदीको म्रमणका क्रममा दुई देशबीच हुने भनिएको उर्जा व्यापार सम्झौता (पीटीए) नगर्ने भएको छ ।
मन्त्रिपरिषद्को शनिबार बालुवाटरमा बसेको बैठकले तयारी नपुगेको भन्दै पीटीए० नगर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति:
August 03, 2014