जलविद्युत्मा लगानी गर्ने बैंकलाई सुलभ कर्जा उपलब्ध गराइने
काठमाडौँ, ६ भदौ । जलविद्युत् लगानी तथा विकास कम्पनीले १० देखि १५ मेगावाट क्षमताका जलविद्युत् आयोजनामा लगानी गर्न चाहने ‘क’ वर्गका वाणिज्य बैंकलाई सुलभ दरमा कर्जा उपलब्ध गराउने नीति लिएको छ ।
जलविद्युत् क्षेत्रमा लगानी गर्न चाहने बैंकको सुविधाका लागि तीन प्रतिशतको स्प्रेड रेट (कर्जा लगानी अन्तर)मा थोक तथा पुर्नकर्जा सुविधा उपलब्ध गराउने भएको हो ।
कुनै एक बैंकले यसरी लिइएको ऋण कुनै एक आयोजनाका लागि रु ४० करोडसम्म र एकभन्दा बढी आयोजनाका लागि समूहमा बढीमा रु एक अर्बसम्म लगानी गर्न सक्नेछन् ।
सुरुमा तीन वर्षका लागि प्रदान गरिने र कम्पनीको सञ्चालक समितिको स्वीकृतिबाट थप दुई वर्षका लागि सो ऋण उपलब्ध गराउन सकिने नीति कम्पनीले लिएको छ ।
ऋण लिनका लागि बैंकले नै सबै प्रकारका जोखिम बहन गर्नुपर्ने र नेपाल राष्ट्र बैंकको मापदण्डमा सञ्चालित उत्कृष्ट वित्तीय कारोबार गरेको हुनुपर्ने छ ।
कम्पनीका प्रमुख कार्यकारी निर्देशक दीपक रौनियारले कम्पनीसँग रहेको कुल रु आठ अर्बबाटै उक्त ऋण प्रदान गरिने जानकारी दिए ।
कम्पनीसँग रहेको मौज्दात रकम खर्च नभएको र बैंक तथा वित्तीय संस्थामा राखेर व्याज मात्र खाइरहेको भन्ने आम गुनासो आइरहेको बेला व्यावसायिक लगानीका लागि नयाँ प्रावधान अगाडि सारिएको उनले बताए ।
ऋण लिनका लागि केन्द्रीय बैंकले सूचीकृत गरेको ‘क’ वर्गका ३० वटै बैंकले आवेदन दिन सक्ने भएपनि ती बैंकको नकारात्मक पुँजी पाँच प्रतिशतभन्दा बढी हुन नहुने, पुँजी कोष १० प्रतिशतभन्दा कम हुन नहुने र लगातार तीन वर्षसम्म नाफामा रहेको हुनुपर्नेलगायत प्रावधान राखिएको छ ।
यस्तै कर्जा निक्षेप अनुपात ८० प्रतिशतभन्दा कम हुन नहुने र राष्ट्र बैंकले तोकेका न्यूनतम् मापदण्ड नियमित रहेको हुनुपर्नेछ ।
बैंकहरु कम्पनीको सो प्रावधानसँग सहमत भए अन्य विभिन्न स्रोतबाट रकम जुटाएर भएपनि कर्जा उपलब्ध गराउने प्रमुख कार्यकारी अधिकृत रौनियारले जानकारी दिए ।
कम्पनीले हाल तीन जलविद्युत् आयोजनामा आफै लगानी गरिरहेको छ भने निकट भविष्यमा नै थप छ आयोजनामा लगानी गर्ने भएको छ ।
कम्पनीमा सरकारको ५० प्रतिशत, बिमा संस्थान, नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष र सर्वसाधारणको २० प्रतिशत सेयर रहने व्यवस्था छ ।

प्रकाशित मिति:
August 22, 2014