बाढी पहिरो प्रभावित क्षेत्रका दर्जनौं विद्यालयको पढाइ वन्द
दिप बहादुर घर्ति
जाजरकोट ६ भदौ । तीन दिन सम्म परेको अविरल बर्षाले आएको पहिरो र खोलामा आएको वाढीले वाटो र पुलहरु वगाउदा गाउँमा आवातजावात वन्द भएपछि जाजरकोटको उत्तरी भेगका तीन दर्जन वढी विद्यालयको पढाइ वन्द भएको छ । भिरालो ठाउवाटँ आएको पहिरो र खोलामा आएको वाढीले वाटो र खोलाका पुलहरु पुर्णरुपमा क्षेतिग्रस्त भएपछि आवातजावातमा कठिनाइ हुदा विद्यालयको पढाइ वन्द भएको हो ।
जाजरकोट ६ भदौ । तीन दिन सम्म परेको अविरल बर्षाले आएको पहिरो र खोलामा आएको वाढीले वाटो र पुलहरु वगाउदा गाउँमा आवातजावात वन्द भएपछि जाजरकोटको उत्तरी भेगका तीन दर्जन वढी विद्यालयको पढाइ वन्द भएको छ । भिरालो ठाउवाटँ आएको पहिरो र खोलामा आएको वाढीले वाटो र खोलाका पुलहरु पुर्णरुपमा क्षेतिग्रस्त भएपछि आवातजावातमा कठिनाइ हुदा विद्यालयको पढाइ वन्द भएको हो ।
विद्यालय वन्द भएपछि १० हजार वढी विद्यार्थीहरुको पढाइ अलपत्र परेको छ । पहिरो प्रभावित क्षेत्रमा प्राथमिक तह देखि उच्च मावि सम्मका सवै विद्यालयको पढाइ वन्द भएको छ ।
स्थानिय सामान्य प्रयासले वाटो मर्मत तथा पुल पुननिर्माणको सम्भावना नभएपछि कति दिनसम्म विद्यालयको पढाइ रोकिने हो निस्चित नभएको विद्यालयका शिक्षकहरु वताउछन् । एकातिर विद्यालयको भवन भत्किएको तथा भवन पहिरोको उच्च जोखिममा रहेको अर्काे तर्फ एक गाउँवाट अर्काे गाउँमा जानका लागि वाटो नै नभएका कारण विद्यालय वन्द हुने अवस्थामा रहेको जिल्ला शिक्षा अधिकारी विष्णुनारायण श्रेष्ठले वताए । उनले शिक्षक, विद्यार्थीहरुको वाटो र विद्यालय भवनको अवस्था निकै जोखिमपुर्ण रहेकोले विद्यालयहरु केहि समयका लागि वन्द गर्नु परेको तर्क गरे ।
जिल्लाका सक्ला, रामीडाडाँ र रोकायगाउँ गाविसका एक दर्जन जति विद्यालयहरुमा पहिरोले क्षति र जोखिमपूर्ण अवस्थामा पुरयाएको छ । गाउँमा स्थानीयलाइ यताउता समान्य रुपमा घुमफिर गर्न नै समस्या परेको छ भने आधा घण्टा एक घण्टा हिडेर विद्यार्थीहरु विद्यालयमा पढ्न आउने सम्भावनै नभएको सक्ला सेपुखोलाका मानवहादुर सिंहले वताए ।
सामान्य रुपमा पनि हिड्न मिल्ने वाटो नहुनु र विद्यालयको भवनमा पनि पहिरोको जोखिमका कारण विद्यार्थीहरु विद्यालयमा आउन नसेपछि विद्यालयमा पढाइ वन्द गर्नु परेको वीरेन्द्र ऐस्वर्य उच्च मावि लिम्साका शिक्षक चन्द्रवहादुर खड्काले वताए । गत विहिवार राति आएको पहिरोले जिल्लाको उत्तरी गाविसहरु रामीडाडाँ, रोकायगाउ र सक्लामा ठुलो धनजनको क्षति भएको छ ।
सवै भन्दा वढी बाढी, पहिरोले रामीडाडा र रोकायगाउँ गाविसमा क्षेति पुर्याएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रोकायगाउँमा २७, रामीडाडाँमा ५ र सक्लामा ४ घरपुर्ण रुपमा पुरिएको र तिनै गाविसमा १५० घर पहिरोको उच्च जोखिमा रहेपछि स्थानीयहरुमा सन्त्रास फेलिएको छ ।
अहिले पहिरो प्रभावित क्षेत्रमा दुषित पानी र अन्य कारणले झाडापखाला फैलिएको स्थानीयहरुले जानकारी दिएका छन् । पानीका पाइप फुटेको, विभिन्न जनावरहरुको सिनोेहरु र चर्पीका सेप्टी टंकीहरु फुटेर पानीका मुहानमा मिसीएका कारण फोहर र दुर्गन्ध फैलिएका कारण झाडापखालाको सम्भाना अत्याधिक वनेको प्रहरीले जनाएको छ । औँषधी र अन्य उपचारको समस्याका कारण झाडापखालाले महामारीको रुप लिन सक्ने स्थानीयहरुको भनाइ छ ।
प्रकाशित मिति:
August 22, 2014