काठमाडौँमा एमाओवादी विवाद सडकसम्मै, भट्टराई पक्षको समानान्तर समिति घोषणा
काठमाडौँ, ४ भदौ । एकीकृत नेकपा माओवादी भित्रको विवाद काठमाडौंमा पनि सडकसम्म देखिएको छ ।
नेता डा.बाबुराम भट्टराई समूहले काठमाडौँ जिल्लामा समानान्तर जिल्ला समिति घोषणा गरेपछि पार्टी भित्रको विवाद सतहमै देखिएको हो ।
बानेश्वर स्थित अल्फाबिटा कम्प्लेक्समा आयोजित पत्रकार सम्मेलनमा भट्टराई पक्षीय नेता महेन्द्र श्रेष्ठको नेतृत्वमा समानान्तर समिति गठन गरिएको जानकारी दिइयो ।
श्रेष्ठले आफ्नै पार्टीको आधिकारिक जिल्ला अध्यक्ष भएको दाबी गर्दै ५७ सदस्यीय जिल्ला समितिको घोषणा समेत पत्रकार सम्मेलनमा गरे ।
यसैबीच, एमाओवादीका संस्थापनतर्फका काठमाडौँ जिल्ला अध्यक्ष हिमाल शर्माले बुधबार नै एक विज्ञप्ति जारी गर्दै आफू नै वैधानिक अध्यक्ष भएको र श्रेष्ठ नेतृत्वको समिति अवैधानिक भएको उल्लेख गरे ।
उनले समिति गठनप्रति असहमति जनाउँदै भट्टराई पक्षले पार्र्टी फुटाएर पदको ‘टेन्डर’ खुलाउने काम गरेको आरोप पनि लगाएका छन् ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल र नेता भट्टराईबीच विवाद समाधान गर्ने र समानान्तर जिल्ला समिति नबनाउने सहमति तीन दिनअघि भएको भनिए पनि त्यो सहमति टिक्न सकेन ।

प्रकाशित मिति:
August 20, 2014