छिमेकी भारतमा देखा पर्यो इबोला
भदौ २ । दक्षिणी छिमेकी राष्ट्र भारतमा महामारीका रुपमा फैलिएको निक्कै खतरानक रोग इबोला देखा परेको छ ।
नाइजेरियाबाट भारत भ्रमणमा शनिबार आएका तीन यात्रुमध्ये एक पुरुषमा इबोला भाइरसको संक्रमण देखा परेको छ ।
इन्दिरा गान्धी अन्र्तराष्ट्रिय विमानस्थलमा भएको प्रारम्भिक स्वास्थ्य निगरानी र लगत्तै राम मनोहर लोहिया अस्पतालमा थप परीक्षणका लागि नाइजेरियाली यात्रुलाई पठाइएको थियो । नेशनल सेन्टर फर डिजीज कन्ट्रोलमा भएको परीक्षणमा एक बृद्ध यात्रुको रगतमा भने संक्रमणको ‘पोजेटिभ’ संकेत पाइएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
भारत सरकारले इबोला भाइरसको संभावित संक्रमणको उपचार र सावधानीका लागि राम मनोहर लोहिया अस्पतालमा ६ वटा बेडसहित बिशेष आइसीयु विभाग स्थापना गरेको छ ।
नेपालले पनि त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलदेखि विदेशी यात्रुको स्वास्थ्य निगरानी र परीक्षण सुरु गर्न डेस्क स्थापना गर्ने जनाएको छ ।
पश्चिम अफ्रिकाका गिनी, लाइबेरिया, सियरालियोन र नाइजेरियामा व्याप्त रहेको भनिएको इबोला भाइरसबाट १ हजारभन्दा बढी व्यक्तिको निधन भइसकेको छ ।
यसै रोगलाई लिएर विश्व स्वास्थ्य संगठनले स्वास्थ्य–संकटकाल अवस्थाको घोषणा गरिसकेको छ ।

प्रकाशित मिति:
August 18, 2014