नेपाली दुतावास भित्र भारतको विजुली अड्डा, १६ बर्ष सम्म कसैको ध्यान पुगेन

त्यो जुन देशको दुतावास हो त्यहि देशको भूमि सरह मानिन्छ । दुतावास परिसर भित्र अरु राष्ट्रको उपस्थिति अस्वभाविक मानिन्छ, तर भारतको नयाँदिल्लीमा रहेको नेपाली राजदूतावास परिसर भित्र १६ बर्ष देखि भारतीय विजुली अड्डा सञ्चालन हुँदा पनि हाम्रा परराष्ट्र मन्त्री समेत बेखबर छन ।
नेपालको कुटनीतिक कमजोरीको फाइदा उठाउँदै भारत सरकारले निर्वाध रुपमा नेपाली दुतावास भित्र विजुलीको स्वीचिङ् अफिस सञ्चालन गरिरहे पनि यसलाई हटाउने बारे दुतावास र परराष्ट्र मन्त्रालयले समेत कुनै पहल गरेका छैनन । सन १९९४ देखि १९९८ सम्म भारतका लागि नेपाली कार्यबाहक राजदुतको जिम्मेवारी सम्मालेका रामभक्त पि बी ठाकुर भन्नुहुन्छ “मेराे कार्यकालमा जमिन अभाव भएको भनी नेपाली दूतावास भित्र ट्रान्सफर्मर राख्न निकै दवाव आएको थियो , मैले अस्वीकार गरेको थिएँ , म त्यहाँबाट सरुवा हुने वित्तिकै टान्सफर्मर राख्न दिइएछ” ।
पूर्व परराष्ट्रमन्त्री तथा एकीकृत माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई पनि मोदी नेपाल भ्रमण आउने केही अधि मात्र यो कुराको जानकारी भएको र दलहरूको संयुक्त बैठकमा अाफूले यसबारे कुरा उठाउँदा सबैले अनविज्ञता प्रकट गरेको बताउँछन ।
यो कार्य भियना महासन्धी १९६१ विपरित र स्वतन्त्र राष्ट्रको अपमान भएकाले तत्काल दुतावास परिसरबाट सो कार्यालय हटाउन कूटनीतिक पहल गर्नू पर्ने सुझाव श्रेष्ठको छ । पहिलो संविधान सभाको निर्वाचन पछि २ पटक परराष्ट्रमन्त्रीको जिम्मेवारी पाएका उपेन्द्र यादव आफूलाई मन्त्री हुँदा कसैले पनि यसबारे जानकारी नगराएको भन्दै आचश्र्य प्रकट गर्छन ।
दुतावास भित्र सो कार्यालय सञ्चालनमा आए पछि , भारतमा भेष बहादुर थापा, कर्णध्वज अधिकारी ,दुर्गेशमान सिँह र रुक्मशमसेर राणा राजदूत भएका भए पनि कसैले पनि सो कुरामा चासो नदेखाएको देखिन्छ । दुताबास स्रोतका अनुसार , भारतीय विजुली अड्डाका कर्मचारीलाई दुताबासको गेटबाट निवार्ध रुपमा आवत जावत गर्न दिइन्छ । अाजकाे नागिरक दैनिकमा खबर छ ।
प्रकाशित मिति:
September 16, 2014