नेपाली महिला आन्दोलनकी अगुवा नेतृ सहानाको निधन
असोज ७ । नेपाली महिला आन्दोलनकी अगुवा एवं एमाले नेतृ सहाना प्रधानको निधन भएको छ ।
८७ वर्षिय सहानाको सोमबार राति ११ बजे उपचारकै क्रममा बल्खुस्थित बयोधा अस्पतालमा मृत्यु भएको हो । उनलाई गएको जेठ २३ गते मस्तिष्कघात भएपछि काठमाडौंको बयोधा अस्पतालमा भर्ना गरिएको थियो ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठकी पत्नी, शहीद गंगालालकी बुहारी, एमालेका तत्कालिन अध्यक्ष मनमोहन अधिकारीको सालीका रुपमा सहानालाई चिन्ने गरिन्छ ।
००४ सालदेखिको राजनीतिक संघर्षमा खारिएकी र २०४७ सालको जन आन्दोलनकी सह–कमाण्डर सहाना प्रधानको छुट्टै परिचय र इतिहास छ । २००४ सालमा राणाविरोधी नारा लगाउने कनकलता, स्नेहलता, साधनासहितका चार महिलामध्ये सहाना पनि एक हुन् ।
उनले २००३ सालतिर दशमै पहिलो पल्ट महिला शिक्षा र मतदान अधिकारका लागि आवाज उठाएकी थिइन् ।
महिलालाई शिक्षा दिलाउन १५ दिन आमरण अनसन बसेपछि तत्कालिन प्रधानमन्त्री पद्म शमशेरले महिलालाई पढ्न दिने आश्वासन दिन बाध्य भए ।

प्रकाशित मिति:
September 23, 2014