अवरुद्ध संसद् सुचारु गर्न एमाओवादी सकारात्मक : मन्त्री रिजाल
मोरङ ५ असोज । सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले अवरुद्ध व्यवस्थापिका–संसद् सुचारु गर्न प्रतिपक्ष दल एकीकृत नेकपा माओवादी सकारात्मक भएको बताएका छन् ।
सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री रिजालले आज विराटनगरमा पत्रकारसँग कुरा गर्दै एनेकपा (माओवादी) सकारात्मक रहेकाले अवरुद्ध संसद् चाँडै सुचारु हुने बताए ।
पूर्वाञ्चल विश्वविद्यालयको सिनेट बैठकमा सहभागी हुन आउनुभएका मन्त्री रिजालले अवरुद्ध संसद् सुचारु गर्न अमेरिका जानुअघि नै प्रधानमन्त्री सुशील कोइराला र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भइसकेकाले अवरुद्ध संसद् चाँडै खुल्छ भने ।
सरकार गठनअघि भएको चारबुँदे सहमति कायम गर्न सरकार प्रतिबद्ध रहेकाले उच्चस्तरीय राजनीतिक संयन्त्रको विषयलाई प्रतिष्ठाको विषय बनाउन नहुने मन्त्री रिजालको भनाइ छ । उनले उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्न सरकार तयार रहेको पनि बताए ।

प्रकाशित मिति:
September 21, 2014