आज राजधानीमा २२ दलीय मोर्चाको विरोधसभा
काठमाडौं, ३१ असोज, पहिचानसहितको संघीयताका आधारमा संविधान बन्नुपर्ने र संविधान निर्माण कार्य सहमतीय विधिबाट हुनुपर्ने माग राख्दै आन्दोलनका कार्यक्रम गर्दै आएको २२ दलीय मोर्चाले आज राजधानीमा सभा गर्ने भएको छ ।
एमाओवादीको नेतृत्वमा रहेको मोचाले विगत केही दिनदेखि देशका विभिन्न भागमा विरोधसभा तथा ¥याली गर्दैै आएको थियो । विरोधसभा दिउसो १ बजेबाट खुलामञ्चमा हुने जानकारी मोर्चाले दिएको छ । सभा अधि १२ बजेबाट राजधानीका भृकुटीमण्डप,त्रिपुरेश्वर,जमल, बसन्तपुर लगायतका स्थानबाट ¥याली निकालिने सर्कुलर मोर्चाले गरेको छ ।
आज हुने सभाबारे जानकारी दिन मोर्चाले बिहीबार एमाओवादी मुख्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेको थियो ।
प्रकाशित मिति:
October 17, 2014