जसले भेट्टाएको पाँच लाख फिर्ता गरे
कात्तिक ३ । तपाईले कहीँ कतै पाँच लाख भेटाउनु भयो भने के गर्नुहुन्छ ? पहिले डराई डराई समात्नुहोला । अनि प्रहरीलाई बुझाउनुपर्यो भनेर सोच्नु होला । फेरि, एकछिन सोच्नुहोला अनि भेटेको पनि कसैले दिन्छ भन्दै आफैं राख्नुहोला होइन ?
तपाईले यसो गर्नुहोला वा नहोला तर धेरैले भने भेटेको पैसा फिर्ता नगर्लान । तर, पेसाले टयाक्सी चालक दिनेस केसीले भेट्टाएको पैसा फिर्ता गरिदिएका छन् । त्यो पनि दुई चार हजार होइन रु पाँच लाख ।
ट्याक्सी चालक भएकाले यात्रु ओसार्नु पुर्याउनु उनको दैनिकी नै हो । केही दिन अगाडी पुतलीसडकबाट बानेश्वरतर्फ हुइकिए । पछि सिट मिलाउने क्रममा पछाडी हेर्दा उनले पर्स देखे सँगै पाँच लाखको बिटो पनि । यात्रु नचिनेपछि उनले त्यो पैसा पैसा सिधै लगेर ट्राफिक महाशाखामा इमान्दारसाथ बुझाईदिए ।
प्रहरीले सोधखोज गरी पैसावाला पत्ता लगायो । पैसा लिनका लागी महासाखा पुगेका उनीहरुले दिनेशलाई २० हजार इनाम दिएर धन्यवाद दिए ।
कुनै सोझासिधा मान्छेले दुःख गरेर पैसा कमाएको जस्तो लागेर फिर्ता गरेको उनी बताउँछन् । दिनेश केसी नखुदोवाटोमा डेरा लिएर परिवारसँग बस्दै आएका ट्याक्सीव्यवसायी हुन ।
प्रकाशित मिति:
October 20, 2014