'किन मन्त्रीले सम्पत्ति विवरण सार्वजनिक गरेनन्'
असोज २९ । व्यवस्थापिका–संसद्को बुधबारको बैठकको शून्य समयमा सांसदले राष्ट्रिय र स्थानीय समस्याबारे सरकार र सदनको ध्यानाकर्षण गराएका छन् ।
सांसदहरूले आफूले प्रतिनिधित्व गरेका जिल्लाका समस्या र राष्ट्रिय जनजीवनका समसामयिक विषयमा आआफ्ना धारणा व्यक्त गर्दै सदनमा आफूहरूले उठाएका गम्भीर विषयमा सरकारी सञ्चारमाध्यमले समेत पर्याप्त स्थान नदिएको गुनासो गरे ।
केही विधायकले मन्त्रिपरिषद्का केही सदस्यले सम्पत्ति विवरण सार्वजनिक नगर्नाको कारण माग गर्दै त्यसबाट जनतामा सकारात्मक सन्देश प्रवाह नभएको टिप्पणी गरे । बाढीपहिरो पीडितका समस्या, राजमार्गमा भएका सवारी दुर्घटना, विकास–निर्माणका काममा आएको सुस्तताबारे पनि उनीहरूले सदन र सरकारको ध्यान आकृष्ट गरे ।
शून्य समयमा बोल्नेमा भण्डारी, चन्द, बाबुराम पोखरेल, पम्फा गिरी, भरतबहादुर शाह, भवानी खापुङ, महेन्द्र शाही, मानबहादुर थारु, यज्ञराज सुनुवार, मोहन बानियाँ, मिलनकुमारी राजवंशी, मीना पुन, रञ्जनाकुमारी सरकार, रञ्जना श्रेष्ठलगायत १९ जना छन् ।

प्रकाशित मिति:
October 15, 2014