तिहारमा झिलीमिली बत्ती बाले लाइन काटिदिने प्राधिकरणको चेतावनी

मागको तुलना निकै कम विद्युत आपूर्ति भइरहेको मा यस्ता बत्तीको प्रगोगबाट लोड बढी भई केद्रीय प्रसारण प्रणलीमा समस्या उत्पन्न हुने भएकाले यस्तो निर्णय गरिएको प्राधिकरणले सूचनामा जनाएको छ ।
साथै सो समयमा बढी विद्युत खपत गर्ने साधनहरू फ्रीज,राइस कुकर,आइरन लगायतका सामाग्री प्रयोग नगर्न समेत निर्देशन दिइएको छ । यस्ता बत्ती तथा सामाग्री प्रयोग गरिएको पाइएमा सो ग्राहकको विद्युत लाईन काटिने चेतावनी सो सूचनामा दिइएको छ ।
प्रकाशित मिति:
October 20, 2014