निगमका वरिष्ठ निर्देशकमाथि अदालतमा भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ, २३ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायु सेवा निगमका वरिष्ठ कामु निर्देशक अच्युतराज पहाडीमाथि भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार कामु निर्देशक पहाडीले विभिन्न समयमा विमानको पाङ्ग्रा (टायर) खरिदमा रु २० लाख दुई हजार २१६ भ्रष्टाचार गरेको अनुसन्धानबाट खुलेको छ ।
पहाडीले अन्तर्राष्ट्रिय उडानमा रहेको जहाजको टायर जगेडा रहँदारहँदै खरिद गरी निगमलाई हानी नोक्सानी पु¥याएको पाइएको छ । खरिद प्रक्रियामा समेत कानुनी प्रावधान पूरा नगरेको र बढी रकम तिरेको आयोगद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
पहाडीले ७८० अमेरिकी डलर पर्ने मुख्य टायर एक हजार ४७५ मा खरिद गरेको र ५७५ डलर पर्ने नोज टायर एक हजार १० डलरमा खरिद गरेका थिए । खरिद गरिएका टायर निगमको आफ्नै उडानबाट खरिद नगरी अन्य उडानबाटै ल्याइएको समेत पाइएको छ ।
विसं २०६५ भदौ ११ गते ती टायर खरिद गरिएका थिए । निगमको बि ७५७ जहाजमा प्रयोग हुने टायर खरिदमा सार्वजनिक खरिद ऐनको प्रावधानलाई समेत ध्यान नदिइएको आयोगको ठहर छ ।

प्रकाशित मिति:
November 09, 2014