एसियाको अमेरिकालाई चिन्ता
अस्ट्रेलिया, २९ कात्तिक । चीनले विवादास्पद क्षेत्रमा आफ्नो दाबी बढाइरहेको अवस्थामा एसियामा सोझै सङ्घर्षको खतरा रहेको चेतावनी अमेरिकी राष्ट्रपति बाराक ओबमाले शनिबार दिएको छन् । उनले अमेरिका अझै यस क्षेत्रमा कायम रहने बताए ।
क्विन्स्ल्यान्डको ब्रिस्बेन विश्वविद्यालयमा एक सम्बोधनमा अमेरिकी राष्ट्रपति ओबामाले उनको नीति एसियामा आधारित भएको, त्यो वास्तविकतामा आधारित भएको र दिगो हुने बताए ।
जी२० शिखर बैठकको अवधिमा भएको उक्त सम्बोधनमा राष्ट्रपति ओबामाले पूर्वी एसियामा दोस्रो युद्धपछि राम्रो प्रगति देखिएको पनि बताए ।
उनले यो गतिशीलतामा ठोस खतरा भएको र त्यसले प्रगतिलाई प्रभावित बनाउनसक्ने बताउनुभयो । उहाँले उत्तर कोरियाको पनि यस द्वीपमा विवाद रहेको र त्यसले पनि द्वन्द्व फैलाउनसक्ने बताउनुभयो ।
चीनको दक्षिणपूर्वी एसियाली मुलुकहरूसँग दक्षिण चीन जल क्षेत्रमा विवाद रहेको छ भने जापानसँग यस्तै अन्य द्वीपसमूहका लागि विवाद रहेको छ ।
उनले यसै साता बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग वार्तापछि अमेरिकाले चीनले विश्वमञ्चमा शान्तिपूर्ण तथा जिम्मेवार खेलाडीको रूपमा काम गरोस् भन्ने चाहेको दोहो¥याए ।
उनले चीनले व्यापार वा जलक्षेत्रमा सबैले पालना गर्ने कानुन पालना गर्नुपर्नेमा जोड दिए ।
उनले बेइजिङसँग भिन्नताका विषयमा अमेरिका स्पष्ट रूपमा अगाडि आउने पनि उल्लेख गरे ।
प्रकाशित मिति:
November 15, 2014