नायिका प्रियंका चोपडाको घरमा वेश्यावृत्तिको आरोप
मंसिर । बलिउड नायिका प्रियंका चोपडाले भाडामा दिएको आफ्नो घरमा देश व्यापार हुने गरेको भन्दै तीन जनालाई पक्राउ गरेको छ ।
चोपडाले मुम्बईको अन्धेरीमा रहेको आफ्नो घर भाडामा दिएकी थिइन। भाडामा लिनेले त्यहाँ करिष्मा स्पा र ब्यटिपार्लर चलाएका थिए। छेउमा प्रियंकाकी आमाको क्लिनिक पनि रहेको छ।
वेश्यावृत्ति हुने सुराकीको आधारमा ग्राहकको रुपमा प्रहरी स्पामा पस्दा प्रमाण भेटिएपछि उनीहरुलाई नियन्त्रणमा लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । स्पा सञ्चालक भने फरार रहेको प्रहरीले जनाएको छ।
नायिका चोपडा पनि सो स्पामा धेरै पटक गएकी थिइन्। प्रतिक्रिया लिन खोज्दा चोपडा सम्पर्कमा नआएको भारतीय सञ्चारमाध्यमले जनाएका छन।
३ हजार स्क्वायर फिटको घरबाट पक्राउ परेका महिलाहरुलाई पुनर्स्थापना केन्द्र पठाइएको छ।
प्रकाशित मिति:
November 28, 2014