• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » चार महिना देखी विद्युत सेवा अवरुद्ध
चार महिना देखी विद्युत सेवा अवरुद्ध

हेलोखवर संवाददाता
जाजरकोट १ पुस । रामीडाँडामा चार महिना देखी विद्युत सेवा बन्द हुदा सेवाग्राही स्थानिय मर्कामा परेका छन् ।
साउन २८ गते आएको बाढीपहिरोले रामीडाँडा लघुजलविद्युत आयोजनाको कुलो बगाएर लगेपछि विद्युत सेवा अवरुद्ध भएको थियो । भत्किएको चार महिना वितिसक्दा पनि कुलो मर्मत नभएपछि विद्युत सेवा सुचारु हुन नसकेको हो ।

रामीडाँडाका २ , ३ , ४ , ५ र ६ नंबर वडाका ५ बढी घरधुरीलाई विद्युत सेवा पुरयाउदै आएको १८ किलोवाट र १६ किलोवाट क्षमता रहेको विद्युतको कुलो ठाँउ ठाँउमा पहिरो गएर भत्किएको छ । स्थानियले उक्त कुलो मर्मत गर्न नसकेपछि गाविस र जिविसमा सहयोग गरिदिन आग्रह गरेका थिए तर अहिले सम्म कुनै सुनुवाई भएन स्थानिय पृर्थी ज्योतीले भने चार महिना देखी अन्धकारमा बस्न बाध्य छौ ।

चौविसै घण्टा विजुली बल्ने रामीडाँडाको सिल्पाचौर गाँउ साँच्चिकै नमुना गाँउ थियो । घरघरमा टेलिभिजन हेर्न, मोवाईल चार्ज गर्न र कम्प्युटर चलाउन सजिलो भएको थियो कुलो भत्किए सँगै सवै सुविधाबाट बञ्चित हुनु परयो ज्योतिले दुखेसो पोखे ।

अहिले गाँउ नै अध्यारोमा छ । स्थानियहरु दियालो र टुकीको साहारा लिन थालेका छन् । सोही कुलोबाट स्थानियले सिचाई सुविधा समेत प्राप्त गरेका थिए । अहिले गाँउमा सिचाईको समेत असुविधा भएको छ । गत साउन २८ गते आएको बाढी पहिरोले त्यस क्षेत्रमा लाखौको क्षति पुरयाएको थियो ।

प्रकाशित मिति: December 16, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • Miss Nepal Payal Shakya 2004
  • EC directs govt to halt Nepal Police transfers
  • आजको राशिफल September 23, 2013
  • तह थपबारे एमाले चुप बस्ला ? अब यस्तो हुनेछ राजनीति, यसरी हुनेछ चुनाव !
  • AISC recommends 4171 news posts in Nepal Army
गृह पृष्ठ |