वावाआमा दुवैले छोडेकी सर्मिला न्याय खोज्दै अदालत
हेलोखवर सम्वाददाता
जाजरकोट, मंसिर । त्रिभुवन उच्च माद्यमिक विद्यालय खलंगाको कक्षा ६ मा पढ्ने सर्मिला रोकाय घरको कुरा उठ्ने वित्तिकै वरवर आसु झारेर रुन थाल्छिन् । जन्म दिने वावाको टुंगो पनि नलागेको र आमा पनि अर्कैसंग विहे गरेर गएपछि सर्मिला विचल्लीमा परेकी छिन् ।
जाजरकोट, मंसिर । त्रिभुवन उच्च माद्यमिक विद्यालय खलंगाको कक्षा ६ मा पढ्ने सर्मिला रोकाय घरको कुरा उठ्ने वित्तिकै वरवर आसु झारेर रुन थाल्छिन् । जन्म दिने वावाको टुंगो पनि नलागेको र आमा पनि अर्कैसंग विहे गरेर गएपछि सर्मिला विचल्लीमा परेकी छिन् ।
जन्म हुदा देखि नै वावाको वारेमा कुनै पत्तो नपाएकी सर्मिला ३ वर्षको उमेरमै आमाले अर्कैसंग विहे गरेर गए पछि विचल्लीमा परेकी हुन् । पैंक ६ कफल्लाकी १६ वर्षिया सर्मिलालाइ अहिले न घरमा वसेर सुख छ न विद्यालयमा पढेर सुख छ । खुटटाको अपांग रहेकी उनलाइ पाल्ने पढाउने र अन्य सहयोग गर्ने कोहि पनि नभएपछि ठुलो संकट आइलागेको छ ।
सर्मिलाले वुवा भनेर दावी गरेका नरवहादुर रोकाय र आमा अमला परियारको अवैध सम्वन्धवाट उनको जन्म भएको भनिए पनि नरवहादुरले उनीसंगको नाता नस्वीकारेपछि उनी विचल्लीमा परेकी हुन् । वुवाले आफुसंगको नाता नस्वीकारेपछि सर्मिलाले जिल्ला अदालत जाजरकोटमा नाता कायम गराइपाउ भनी मुद्धा दिएकी छिन् ।
महिला तथा वालवालिका कार्यालय जाजरकोटका वालकल्याण अधिकृत डम्वरवहादुर रोकायले सर्मिलालाइ न्याय दिलाउनका लागि आफुहरुले विभिन्न निकायमा सहयोगका लागि पत्राचार गरेको वताए । उनको पढाइ खर्चका लागि रु ६ हजार समेत सहयोग गरेको अधिकृत रोकायले वताए ।
उनकी आमा गर्भवती भएकै वेला द्धन्द कालमै उनले वावा भनेर दावी गरेका नरवहादुर भागेर भारततिर लागेपछि सर्मिला मावली घरमै जन्मिएकी थिइन् । द्धन्दकाल सकिएपछि उनका वावा गाउँ फर्किए तर उनलाई कहिले पनि हेरेनन् ।
आमाले अर्कैसंग विहे गरेपछि उनी ठुलो संकटमा परिन् । एकातिर आमा वावाको अभाव अर्काे तर्फ खुटटा अपांग भएको समस्याले उनी रोएरै विद्यालय आउने र घरमा पनि रोएरै वस्ने गरेको वताउछिन् । मैले पढ्छु भने पनि कस्ले पढाइदिन्छ र ? रुदै उनले हेलोखवर संग भनिन् । आमाले माया त गर्छिन् तर कान्छो वुवाले थाहा पाए मार्ने् गरेको उनको दुखेसो छ ।
अदालतमा आफनो तर्फवाट साक्षी वसिदिने समेत कोहि पनि नभएपछि झन समस्या परेको सर्मिलाले वताइन् । वुवाका तर्फवाट वोलिदिने मान्छे आए तर मेरो लागि वोलिदिने कोहि भएन, सर्मिलाले भनिन् । संगै वसीरहेका मामाले समते मेरो साँक्षी वस्न मान्नु भएन अव कसलाइ भन्न जाँउ? सर्मिलाले भनिन् ।
खलंगा ३ वाहुनवाडामा मामा नविन्द्र परियारसंग वस्दै आएकी उनलाइ मामा माइजुले पनि पढ्न हुदैन भनेर हप्काउने गरेको पिडित सर्मिलाले वताइन् । पढाइखर्चका लागि सहयोग माग्न महिला तथा वालवालिका कार्यालयमा पुगेकी उनलाइ कार्यालयले ६ हजार सहयोग गरेको तर मामा नविन्द्रले एक सेट किताव किनेर अरु सवै पैसा लिइ सकेको पिडित सर्मिलाले वताइन् ।
न वावाले स्वीकार्छन न आमासंग जाने ठाउँ छ अव कस्ले मलाइ सहयोग गर्ला सर्मिलाले रुदै भनिन् । उनलाइ वुवासंग नाता कायम गराउने काममा कानुनी सहायता दिइरहेका अधिवक्ता सहदेवजंग शाहले सर्मिलाको वावासंग नाता कायम भएपछि मात्र उनको भविस्यको सुरक्षा हुने वताए । पढाइको कुरा मात्र नभएर उनको लालनपालन र सामाजिक सुरक्षाका लागि समेत जुनसुकै सम्वन्धवाट जन्मिएको भए पनि वावा छोरीको नाता कायम भएरै छोड्ने अधिवक्ता शाहले वताए ।
प्रकाशित मिति:
December 14, 2014