जाजरकोटमा वसको टिकट नपाउदा यात्रुहरु अलपत्र
गोपाल रेग्मी
जाजरकोट २ पौष । वसको टिकट नपाउदा यात्रुहरु अलपत्रमा परेका छन । जाजरकोटको मटेला, कुदु, फेरावजार लगाएतका विभिन्न ठाउँवाट वितरण गरीने बसको टिकट नपाउँदा उनीहरु अलपत्रमा परेका हुन ।
जाजरकोट २ पौष । वसको टिकट नपाउदा यात्रुहरु अलपत्रमा परेका छन । जाजरकोटको मटेला, कुदु, फेरावजार लगाएतका विभिन्न ठाउँवाट वितरण गरीने बसको टिकट नपाउँदा उनीहरु अलपत्रमा परेका हुन ।
सदरमुकाम खलंगा वाट नेपागञ्ज,सुर्खेतका लागी छुटने विहानी तथा दिवा सेवाका वसहरुमा सिट क्षमता अनुसार यात्रुहरुले टिकट वुकिंग गरेपछि विचवाटो वाट यात्रागर्ने यात्रुहरु मार्कामा परेको स्थानिय गणेश आर.सी ले जानकारी वताए । सहायक टिकट काउण्टर वाट यस अघि टिकट वुकिंग गरेर जाने यात्रुहरु यसको प्रत्यक्षे मारमा परेको उनको भनाई रहेको छ ।
कामको सिलसिलामा सल्यानको सल्लीवजार ,सुर्खेत,नेपालगञ्ज , दागं, काठमाडौं लगाएतका विभिन्न ठाउँमा जाने कर्मचारी व्यपापार व्यवसायी, विद्यार्थी, सर्वसाधारण तथा विरामीहरुले सास्ती भोग्नुपर्ने वाध्यता भएको स्थानियहरुको भनाई छ । गएको मंसिर ४ गते जाजरकोट भुर गाविसको रावतगाउँ यात्रुवहाक वस दुर्घटनामा परेपछि वसको सिट क्षमता भन्दा वढी यात्रु राख्न नपाउने निर्णय गरीएको थियो ।
पुलमटेला तथा कुदु वाट अन्य छोटो तथा लामो दुरीका वस संचालनमा नहुदा यस क्षेत्रका यात्रुहरुले सास्ती भोग्नुपरेको हो । एका विहानै खाली वसको पखार्ईमा वसेका यात्रुहरु वेलुका सम्म वसको सिट नपाउदा घर फर्केने गरेको स्थानियले वताएका छन । सदमुकाम खलंगामा दर्जनौ वसहरु पार्किगं गरेर राखिएको भएपनि आफुहरुले वसमा यात्रा गर्न नपाएको उनीहरुले गुणासो व्यक्त गरेका छन ।
प्रकाशित मिति:
December 17, 2014