जाजरकोटमा साढे १८ करोडको मह उत्पादन
हेलोखवर संवाददाता
जाजरकोट २ पुस । यस वर्ष जाजरकोटमा साढे १८ करोढको मह उत्पादन भएको छ । जिल्लाका विभिन्न गाउँरुमा किसानहरुले गरेको व्यावसायकि मह उत्पादन यस बर्ष गत वर्ष भन्दा ८२ प्रतिसतले वढेपछि किसानहरु निकै खुसी भएका छन् ।
जिल्लाको सदरमुकाम खलंगाको पिपे र डाडागाउँ गाविसको पाली र कल्पत गाउँमा मात्र यस वर्ष १८ करोड ६० लाखको मह उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयका निमित्त प्रमुख मुकेश राम्जालीले दिएको जानकारी अनुसार यस वर्ष व्यावसायिक रुपमा मह उत्पादनमा लागेका ९ सय किसानहरुका ५ हजार ८ सय १५ वटा घारमा ४६ हजार ५ सय २० केजी अर्थात ४६.५२ मेट्रिक टन मह उत्पादन भएको छ ।
यो गत वर्षको भन्दा ८२ प्रतिसतले वढी हो । गत वर्ष किसानहरुले राखेका ४ हजार ९ सय ४० घारहरुमा ८ हजार २० केजी मह उत्पादन भएको थियो । मह उत्पादनका लागि मौसम उपयुक्त भएका कारण यस वर्ष धेरै मह उत्पादन भएको किसान तथा कृषि प्राविधिकहरुले वताएका छन् ।
समयाम पानी परेको र माहुरीलाई मह संकलनका लागि फुलहरु प्रशस्त मात्रामा फुलेको हुनाले आफुले गत वर्ष भन्दा यस वर्ष धेरै मह उत्पादन गरेको डाडागाउँ २ पालीका किसान सेते वुढाले वताए । उनले यस वर्ष ७५ वटा घारवाट ४ सय केजी मह उत्पादन गरेको वताए ।
वुढा जस्तै पालीकै भविलाल परियारले पनि ६० वटा घारवाट २ सय ५० केजी मह उत्पादन गरेको वताए । अहिले जिल्लामा महको मुल्य प्रति केजी ४ सय र वाहीर ६ सय सम्म रहेको किसानहरु वताउछन् ।
कार्तिक महिनामा संकलन गरिने भएकोले कार्तिके महको नामले प्रसिद्ध उक्त मह स्वास्थ्यका लागि समेत निकेै फाइदाजनक हुने गर्छ । जाजरकोटको मुख्य कृषि उत्पादन मध्य डाडाँगाउँको मह नेपालगन्ज काठमाडौं तथा विदेश सम्म पनि पुग्ने गरेको छ ।
स्थानीय रुपमा उत्पादित महको वजार व्यवस्थापन र प्रचार हुन नसक्दा व्यावसायिककरणमा समस्या परेको किसानहरुको गुनासो रहेको छ । हाल जिल्लामा ९ सय वढी किसानहरुले व्यावसायिक रुपमा मह उत्पादन गर्ने गरेका छन् ।
यस वर्ष पुस ११ देखि १७ गते सम्म जारकोटको खलंगामा लाग्ने प्रथम जाजरकोट महोत्सवको मुख्य आर्कषणका रुपमा महलाइ राखिएको जाजरकोट उद्योगा वाणिज्य संघका महासचिव वुद्धिवहादुर खत्रीले वताए । जिल्लामा उत्पादित सवै महलाइ महोत्सवका वेला स्टल वनाएर विक्रि गरिने उनले वताए ।

प्रकाशित मिति:
December 17, 2014