आफ्नो ठाउँ आफैँ बनाऔँमा युवाहरु
पुस २८ । सुदुर पश्चिमाञ्चल कञ्चनपुर जिल्लाका वेलौरी नगरपालिकाका युवाहरूले आफ्नो ठाउँ आफैँ बनाऔं भन्ने अभियानका साथ विभिन्न सामाजिक कार्यहरुमा सक्रियता देखाइरहेका छन् ।
उनीहरुले फुटवल क्लब अफ बेलौरीमा आवद्ध भई वेलौरी नगरपालिका र आसपासका क्षेत्रहरुमा त्यहाँका स्थानीय व्यापारीहरुको सहयोगमा फोहोर फाल्ने भाँडो राख्ने जस्ता सरसफाईका विभिन्न काम गरी आफ्नो शहर सुन्दर बनाउन जोडतोडका साथ लागिपरेका छन् । त्यसैगरी, भिमदत्त पन्तको सालिकामा रङ्गरोगन गरी भिमदत्त चोकको शोभा अझ बढाएका छन् ।
स्थानिय व्यक्तिरूरुको सहयोगमा नगरका विभिन्न स्थान तथा आसपासका क्षेत्रहरूमा विभिन्न जानकारीमुलक सूचनाहरू लेखिएका होर्डिङ्गबोर्डहरु राख्ने, बजार क्षेत्रका सडकहरूमा सडक वत्तिहरु राख्ने, विविध कारणले बन्द रहेका वैकल्पिक सडकहरु सञ्चालनमा ल्याउने जस्ता कार्यहरू पनि एफ.सि.वि.ले गरिरहेको छ ।
एफ.सि.वि.का संयोजक ज्ञानेन्द्र जोशीका अनुसार बेलौरी नगरपालिकामा सञ्चालनमा आएका यातायात समिति र प्रहरी प्रशासनस“ग सहकार्य गरी गाडीहरु सवपार्क भित्र पार्किङ्ग गर्ने व्यवस्था समेत मिलाएको छ ।
सुरक्षा व्यवस्था चुस्त दुरुस्त राख्नका लागि एफ.सि.वि. हरतरवले लागेको संयोजक जोशीले बताए ।
प्रकाशित मिति:
January 12, 2015