प्रमुख अतिथी नबनाएको झोकमा तोडफोड

संविधान बनाउन भनी जनप्रतिधिको रूपमा सभासद्को पद धारणा गरेका सभासद नै नगर परिषदको सभामा गएर तोडफोड गरेका हुन् । त्यो पनि अफूलार्इ प्रमुख अतिथी नबनाएको झोकमा ।
सत्तारूढ दल नेपाली काङ्ग्रेसका सभासद् रेशमबहादुर बानियाँ नेतृत्वमा कांग्रेस कार्यकर्ताले बेनी नगरपालिकाको दोस्रो परिषद चलिरहेको ठाउँमा कार्यकर्ताको दलबल सहित गर्इ माईक तथा कुर्चिहरु तोडफोड गरे ।
नेपाली कांग्रेसका म्याग्दी जिल्ला सभापित समेत रहेका र मनोनित कोटाबाट सभासद् भएका बानियाँले सोमबार सुरु भएको नगर परिषदमा आफूलाई प्रमुख अतिथि बनाउनु पर्ने भन्दै दलवल सहित परिषदमा प्रवेशगरी माईक तथा कुर्सीहरू तोडफोड गरेका थिए भने नगर प्रमुखलाई हातपात प्रयास गरेका थिए ।
नगरस्तरिय सल्लाहकार समितिले जिल्लाबाट प्रत्यक्ष निर्वाचित सभासद नवराज शर्मालाई प्रमुख अतिथि र समानुपातिकका नरदेवी पुन र बानियाँलाई विशिष्ट अतिथि बनाउने निर्णय गरेको थियो ।
परिषदको उदघाटन भइ अर्थिक बर्ष ०७२/०७३ को बजेट र नीति तथा कार्यक्रम सार्वजनिक भै सुभकामना मन्तब्यको कार्यक्रम चलिरहेको अवस्थामा बानियाँको टोलीले आक्रमण गरेका थियो । आक्रमण गर्नेमा बानियाँका साथमा उपसभापति एवं संविधान सभा निर्वाचनका प्रत्यासी खमवीर गर्वुजा, सचिव माधव रेग्मी लगायत कार्यकर्ता थिए । परिषदको सभामा सभासद्को अक्रमणका बाबजुद पनि आर्थिक वर्ष ०७२/०७३ को बजेट तथा कार्यक्रम भने सार्वजनि भइ पारित समेत भयो ।
प्रकाशित मिति:
January 12, 2015