३० दलिय मोर्चा र वैद्य माओवादीको बन्दले जनजिवन प्रभावित, ठाउँ ठाउँमा तोडफोड
पुस । एकीकृत माओवादी नेतृत्वको ३० दलीय मोर्चा र मोहन वैद्य नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको बन्दका कारण जनजिवन प्रभावित बनेको छ ।
३० दलीय मोर्चाले आज नेवा र ताम्सालिङ क्षेत्र आब्हान गरेको छ भने बैद्य माओवादीले मध्यमान्चल बन्द गरेको हो । बन्दका कारण उपत्यकासहित बारा, पर्सा मकवानपुर, चितवन, धादिङ, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट लगायतका जिल्ला प्रभावित भएका छन् । बन्दका कारण राजधानीमा मोटरसाइकल र केही निजी सवारी साधन मात्र संचालनमा आएका छन् ।
३० दलिय मोर्चाले सहमतिको संविधानको माग गरेर बन्द गरेको हो भने वैद्य माओवादीले भने संविधानसभा विघटन गरी राजनीतिक सभाबाट संविधान जारी गर्न माग गर्दै बन्दको आयोजना गरेको हो ।
ठाउँ ठाउँमा तोडफोड
बन्दको अवज्ञा गर्दै सवारी चलाएपछि ठाउँ ठाउँमा तोडफोड समेत भएको छ । लैनचोरमा २ वटा ट्याक्सि, त्रिचन्द्र अगाढी १ वटा माइक्रो र कोटेश्वरको भाटभटेनी अगाढी एउटा माइक्रो तोडफोड भएको छ । यसैगरी, काठमाडौंको डिल्लीबजार र काठमाडौंको त्रिपुरेश्वरमा १,१ वटा ट्याक्सिमा तोडफोड भएको छ ।
उभिएकै ठाउँबाट विद्यार्थी गिरफ्तार:
काठमाडौंको रत्नपार्कबाट अखिल क्रान्तिकारीका ५ जना विद्यार्थी मंगलबार बिहानै उभिएकै ठाउँबाट गिरफ्तार भएका छन् ।
बन्दका लागि रत्नपार्कमा भेला हुँदै गरेका विद्यार्थीहरुलाइ प्रहरीले गिरफ्तार गरेको थियो । गिरफ्तार गरिएका बिद्यार्थीहरुमा निरज जोशी, कौशल थापा,विपिन पोखरेल गोविन्द केसी र चन्दन बटाला रहेका छन् ।
१०० भन्दा बढी पक्राउ
बन्द सफल बनाउन हिडेका १ सय भन्दा बढी बन्दकर्ता पक्राउ परेका छन् । कोटेश्वरमा बन्दकर्ता र प्रहरीबीच झडप समेत भएको छ ।

प्रकाशित मिति:
January 13, 2015