त्रिविमा सेमेस्टर प्रणालीबारे विद्यार्थीले लगाएको ताला खुल्यो
काठमाडौँ- सेमेस्टर प्रणालीका सम्बन्धमा विभिन्न माग राखी शिक्षा शास्त्र केन्द्रीय विभागका विद्यार्थीले लगाएको ताला सहमतिपछि खोलिएको छ। सेमेस्टर प्रणालीको परीक्षाफल प्रकाशनमा चित्त नबुझेको भन्दै यही पुस ७ गतेदेखि विद्यार्थीले विभागमा तालाबन्दी गरेका थिए।
आन्दोलनरत विद्यार्थी र विश्वविद्यालयका पदाधिकारीबीच भएको वार्तापछि ताला खोलिएको नेपाल विद्यार्थी संघका नेता पारसमणि घिमिरेले जनाए। पदाधिकारीसँग भएको सहमतिअनुसार सेमेस्टर प्रणालीको परीक्षाफल प्रकाशन भएपछि दुई विषयसम्म विषयमा अनुत्तीर्ण विद्यार्थीलाई मौका परीक्षाको व्यवस्था गरिने, आन्तरिक मूल्यांकन परीक्षा भएको १५ दिनभित्र परीक्षाफल क्याम्पसमा प्रकाशन गरिने र परीक्षा केन्द्र विश्वविद्यालय क्याम्पसमा नै कायम हुने उनले जनाए।
तालाबन्दीका कारण विभागको नियमित काम कारबाहीका साथै स्नातकोत्तर तहको द्वितीय वर्षको परीक्षा फाराम वितरण कार्यसमेत प्रभावित भएको छ। सेमेस्टर प्रणालीअन्तर्गत प्रथम वर्षको भर्नाका लागि गरिएको फाराम वितरण भने विद्यार्थी संगठनसँग सहमति कायम भई नसकेका कारण अझै प्रभावित भएको छ। रासस

प्रकाशित मिति:
January 05, 2015