बन्दले सबै क्षेत्र ठप्प, बिहानै आधा दर्जन सवारी साधनमाथि तोडफोड
माघ ६ । एकीकृत माओवादी सहितको ३० दलीय मोर्चा, मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी र पद्मरत्न तुलाधर नेतृत्वको आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालले संयुक्त रुपमा आह्वान गरेको नेपाल बन्दको प्रभाव देशैभर परेको छ ।
बन्द कारण राजधानीसहित देशैभर उद्योग कलकारखाना, शैक्षिक संस्था, सवारी साधन तथा पसलहरु ठप्प भएका छन् ।
बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ता बिहानै आधा दर्जन भन्दा बढी सवारी साधनमा तोडफोड गरेका छन् ।
। राजधानीका चोक चोकमा प्रहरी तैनाथ गरिएको छ । माओवादी कार्यकर्ता सडकमा निस्केर बन्द गराइरहेका छन् । कलंकी, सातदोबाटो, कोटेश्बर, चावहिल, गंगबु, बालाजु लगायतका स्थानमा माओवादी कार्यकर्ता भेला भएका छन् ।
ठाउँ ठाउँमा दर्जनौंको संख्यामा बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ ।

प्रकाशित मिति:
January 20, 2015