प्रचण्डको सुरक्षा थ्रेटबारे के भन्छन् पदम कुँवर ?
फागुन । सुरुमा हल्का हाँसे, अनि खासै चासो नदिए जस्तो गरी भने- 'मैले पनि समाचारमा पढेँ (चश्मा मिलाउँदै) प्रचण्डले सुरक्षा थ्रेट छ भनेछन् उनलाई बाहिरबाट होइन पार्टीभित्रैबाट सुरक्षा थ्रेट होला ।'
प्रचण्डले आफूलाई भौतिक रुपमा नै सिध्याउने षड्यन्त्र भएको भनेर भनेका छन् त्यो सुनेपछि तपाईलाई कस्तो लाग्यो भन्ने प्रश्नमा यसअघि प्रचण्डलाई नै झापड हान्ने पदम कुँवरको भनाई हो ।
एमाओवादीकै कार्यकर्ता रहेको बेला पार्टी नेतृत्व बिग्रिएको भन्दै केही वर्ष अगाडी आक्रोशमा आएर भृकुटी मण्डपमा प्रचण्डलाई झाप्पु हानेका कुँवर जतिबेला निक्कै चर्चाको विषयमा थिए ।
प्रचण्डलाई झाप्पु हानेर चर्चा बटुेलका कुँवर भने प्रचण्डको सुरक्षा थ्रेटको विषय भन्दा पनि अब दलाल र भ्रष्टचारीलाई तह लगाउने योजना रहेको सुनाउँछन् । सर्वसाधरणलाई ठग्ने मेनपावर व्यवसायीदेखि अन्य विभिन्न व्यवसायीका साथै सरकारी कर्मचारीतन्त्रमा भ्रष्टचार तथा ढिलासुस्ती बढेको भन्दै एक पटक भौतिक रुपमा नै कारबाही गरेर तह लगाउने योजना रहेको बताउँछन् । भौतिक कारबाही छिट्टै सुरु हुने उनको भनाई छ । हाल उनी विप्लव माओवादी निकट मानिन्छन् ।
प्रचण्डको सुरक्षा थ्रेटबारे तपाईलाई कस्तो लाग्छ भनेर जिज्ञासा राख्दा भने उनले खासै उत्सुकता र चासो देखाएनन् । तर, उनले धेरैलाई आश्वासन देखाएको भन्दै निराशाका कारण पार्टी भित्रैबाट जे पनि हुनसक्ने भने विचार प्रकट गरे ।
'प्रचण्ड जोकर जस्तो बनेका छन् । कहिले के बोल्छन् कहिले के भन्छन् पत्याउनै सकिने छैन' उनले भने अब त हुँदाहुँदै उनलाई कसैले पत्याउनै छाडे, उ केपी, सुशिल कसैले पनि पत्याउनै छाडे ।'
अगाडी उनले थपे- 'उनले धेरैलाई आश्वासन दिए । त्यसैको आधारमा धेरैले बलिदान गरे, उनले सबै बिर्सदै जाने हो भने उनलाई पार्टीभित्रैबाट जे पनि हुन सक्छ जस्तो लाग्छ ।'
प्रकाशित मिति:
February 24, 2015