एसिड कसले र कसलाई हान्यो भन्नेबारे अन्यौल
फागुन । ट्युसन पढ्न जाँदा दुई छात्रामाथि भएको एसिड प्रहारबारे अन्यौल कायमै छ । एसएलसीको तयारीमा रहेका सिमा बस्नेत र संगिता मगरलाई कसले एसिड प्रहार गर्यो भन्नेबारे खुल्न सकेको छैन ।
एक अनलाइन पत्रिकाले महानगरिय प्रहरी परिसर प्रमुख उत्तम कार्कीको भनाई उदृत गर्दै बयानका क्रममा छात्राबाट स्पष्ट उत्तर नआउदा प्रहरीलाई अनुसन्धानमा समस्या परिरहेको बताएका छन् ।
अनुसन्धानका क्रममा दुई मध्ये को माथि आक्रमण भएको भन्नेबारे युवतीहरुले स्पष्ट भन्न सकेका छैनन् । दुवैले आफूहरुमाथि आक्रमण भएको भने पनि कसलाई लक्षित गर्यो भन्नेबारे दुवैले एकले अर्कालाई भन्ने गरेको बताइएको छ ।
उनीहरुले आपसमै आफुलाई आक्रमण नगरेको भन्दै एकले अर्कालाई हान्दा आफूलाई लागेको भन्ने गरेको बताइन्छ ।
प्रकाशित मिति:
February 24, 2015