भदौ १५ मा नयाँ संविधान
काठमाडौं २६ साउन । संविधान जारी हुने मिति दलहरुले तोक्न सकेका छैनन् । कार्यतालिका बनाउने प्रमुख दलका शिर्ष नेताहरुको ढिलासुस्तीका कारण साउन मसान्तभित्र संविधानसभाबाट संविधान जारी गर्ने उनीहरुको प्रतिबद्धता पूरा नहुने भने पक्कापक्की जस्तै भएको छ ।
संविधानसभाको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले प्रतिवेदन दिन ढिलो गरेका कारण संविधान जारी गर्ने मिति भदौ १५ पुग्ने निश्चित भएको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
साउन मसान्त भित्रै संविधान जारीगर्ने उद्देश्यका साथ संवाद समिति, समिति अन्तर्गत गठित विशेष समितिले काम गरेको भएता पनि पूर्व निर्धारित समयभन्दा चार दिन ढिलोगर्दै संविधानसभामा संवाद समितिले प्रतिवेदन पेश गरेकोले साउन मसान्तको सट्टा भदौं १५ मा मात्र नयां संविधान जारी हुने मिति तय गर्न लागिएको हो।
संवाद समितिका सभापति डा। बाबुराम भट्टराईले आइतबार ६ प्रदेशको सीमांकनसहितको प्रतिवेदन अवरोध र नारावाजीबीच संविधानसभाको बैठकमा पेश गरेपछि देसव्यापी उत्पन्न बिद्रोहलाई समयमै साम्य पार्न नसके संविधान जारी गर्ने मिति भदौं १५ गते पनि अनिश्चित हुन सक्ने देखिएको छ।
संविधानसभाका संविधान जारी गर्ने मिति साउन मसान्तको सट्टा भदौ १५ पुगेको हो भन्ने जिज्ञासा मेटाउँदै सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले अन्नपूर्णसँग भने, ुसंविधान साउन समान्तभित्र नै जारी हुने छ। अझै पनि नियम निलम्वन गरेर साउन मसान्तमै संविधान जारी गर्न सकिन्छ तर त्यसका लागि प्रमुख दलहरुको सक्रियता र सजगताका साथै कार्यान्वयनमा लाग्ने दृढता चाहिन्छ।ु
प्रकाशित मिति:
August 11, 2015