अखण्ड आन्दोलनमा गोली चल्दा तीनको मृत्यु, दर्जनौं घाइते
- प्रहरीको गोली लागि तीनको मृत्यु । पत्रकार, प्रहरी, प्रदर्शनकारी गरी दर्जनौं घाइते ।
- प्रदर्शनकारीद्धारा बिहानैदेखि तोडफोड, आगजनी लगायत हिंसात्मक गतिविधि । जिल्ला प्रशासन कार्यालय मालपोत कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला विकास समिति र वीरेन्द्रनगर नगरपालिकामा आगजनी
- अन्दोलनकारीले लेपाली काँग्रेस, नेकपा एमाले र एनेकपा माओवादीको सुर्खेतस्थित रहेका कार्यालयमा समेत आगजनी गरेँ ।
हेलोखबर संवाददाता

आन्दोलनका कारण सोमबार दिनभर सुर्खेत तनावग्रस्त बनेको थियो भने प्रशासनले स्थितिलाई नियन्त्रणमा लिन कफ्र्यू समेत लगाउनु पर्यो ।
पूर्व गृहमन्त्री तथा नेपाली काँग्रेसका सहमहान्त्री पूर्णबहादुर खड्काको घरमा आगजनी गर्न पुगेका प्रदर्शनकारीलाई नियन्त्रणमा लिने क्रममा भएको झडपपछि प्रहरीले गोली चलाएको थियो । प्रहरीले चलाएको गोली लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको हो भने परिचय नखुलेका दुईको उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।
बिहानैदेखी हजारौं प्रर्दशनकारी सडकमा स्वतस्फूर्त आन्दोलनमा उत्रेका थिए । यस क्रममा १० जना बढी प्रहरी पनि घाइते भएका छन् । घाइतेहरुको क्षेत्रीय अस्पताल कालागाउँ र स्थानीय नर्सिङ होममा उपचार भइरहेको छ । मध्यपश्चिमका भेरी र कर्णाली अञ्चललाई सूदुरपश्चिममा गाँभेर छैटौं प्रदेशमा जोडेको विरोधमा शुरु भएको अन्दोलनकारीले जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला विकास समिति र वीरेन्द्रनगर नगरपालिकामा आगजनी गरेका थिए ।
प्रदर्शनकारीले नगरपालिकाको ट्यांकरमा आगो लगाएका थिए । यस्तै जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी चड्ने गाडी प्रर्दशनकारीले जलाएका छन् । खड्काको घरमा रहेका २ वटा बस, २ वटा वोलेरो जिप आन्दोलनकारी तोडफोड गरेका छन् भने एक मोटरसाईकल जलाएका छन् ।
खड्काको घरमा सुरक्षा सहित पुगेका एसपी माथि प्रर्दशनकारीले आक्रमण गरेर उनी सवार गाडीमा जलेको छ । प्रर्दशनमा उत्रेका आन्दोलनकारीले नेपाली काँग्रेस, नेकपा एमाले र एनेकपा माओवादीको सुर्खेतस्थित रहेका कार्यालयमा समेत आगजनी गरेका छन् । प्रर्दशनकारीले पार्टी कार्यालयमा रहेको कागजपत्र बाहिर ल्याएर जलाएका थिए । अर्को आदेश नआउञ्नेलसम्म जिल्ला प्रशासन कार्यालयले कर्फयु लगाएको छ । चौक–चौकमा प्रहरी परिचालन गरिएपनि प्रर्दशनकारीले आन्दोलन रोकेका छैनन् । प्रदर्शनकारीले जति क्रफ्यू लगाएपनि आन्दोलनलाई थप शसक्त बनाउने उद्घोष गरेका छन् ।
पत्रकार पनि घाइते
प्रदर्शनका क्रममा स्थितिलाई नियन्त्रण लिन प्रहरीले चलाएको गोली लागेर एक पत्रकार पनि घाइते भएका छन् । प्रहरीको गोली लागेर पत्रकार आईसीं रोकाय लगायत घाइते भएका हुन् । समाचार संकलन गर्न गएका रोकायको खुट्टामा गोली लागेको नेपाल पत्रकार महासंघले जनाएको छ । रोकाय बुलबुले एफएममा कार्यरत छन् । रोकाय लगायतका घाइतेहरुलाई नेपालगन्जमा रिफर गरिएको जनाइएको छ ।
प्रकाशित मिति:
August 10, 2015